१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

फतुवा बिजयपुरका शिक्षकद्वारा वार्षिक परीक्षा बहिष्कारको घोषणा, ६ हजार विद्यार्थीको भविष्य अन्यौल

३० फाल्गुन २०८०, बुधबार १२:०५

फागुन ३०, रौतहट | रौतहटको फतुवा बिजयपुर नगरक्षेत्रअन्तर्गत तलबको माग गर्दै धर्नामा बसेका शिक्षकले भोलीदेखि सञ्चालन हुने वार्षिक परीक्षा बहिष्कार गर्ने निर्णय गरेको छ। शिक्षकहरूको निर्णयसँगै नगर क्षेत्रका ६ हजार विद्यार्थीको भविष्य अन्यौल बनेको छ।

नगर शिक्षा संयोजक शिक्षक राधेश्याम यादवको अध्यक्षतामा बुधबार बसेको शिक्षकहरूको बैठकले भोलिदेखि हुने भनिएको कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा बहिष्कार गर्ने निर्णय गरेको हो।

पटकपटक आश्वासन मात्र पाउने र तलबकै लागि सधैँ आन्दोलन गर्नुपर्ने भएकाले अब उधारोमा सहमती नहुने शिक्षा संयोजक यादवले बताएका छन्।


जब सम्म सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीको खातामा हालसम्मको तलब जाँदैन तबसम्म हामी परीक्षा सञ्चालन नगर्ने निर्णय गरिएको संयोजक यादवले जानकारी दिएका छन्। फतुवा बिजयपुर नगरपालिकाका ३२ वटा विद्यालय रहेको छ।

प्रस्तावित सहित ७ मावि, ४ निमावि र २१ वटा प्राथमिक विद्यालय रहेको छ। ती सम्पूर्ण विद्यालयमा गरी कूल २०४ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको मावि सितलपुरका प्रधानाध्यापक बुनिलाल राय यादवले बताए।

त्यहाँ रहेको ३२ विद्यालयमा कक्षा १ देखि ९ सम्मको झण्डै ६ हजार रहेका विद्यार्थीहरू भोलिदेखि हुने वार्षिक परीक्षामा सहभागी हुने रहेका थिए।

यसरी शिक्षकहरूको तलबको विवादकै कारण भोलिदेखि हुने वार्षिक परिक्षा नभएमा फतुवा बिजयपुर नगरक्षेत्र अन्तर्गत कक्षा १ देखी ९ सम्मका ६ हजार बालबालिकाको भबिश्य अन्यौल हुने देखिएको छ।

नगरपालिका अन्तर्गत कार्यरत शिक्षकहरू बुधबार तलबको माग गर्दै पुनः धर्नामा बसेका थिए। हिन्दूहरूको महान पर्व होली आउनमात्र १० दिन बाँकी छँदा तलब पाउने सम्भावना झिनो देखिएको कारण त्यहाँका शिक्षक कर्मचारी पुनः आन्दोलित भएका हुन्।

नगरक्षेत्रअन्तर्गतका शिक्षक र शिक्षिकाहरू आज कार्यालय समय सुरु हुनासाथ बिहान १० बजेदेखि नगरपालिका अगाडी धर्नामा बसेका थिए।

नगरभरीको शिक्षकहरूको भेलाले बुधवार अपरान्ह ४ बजे भोलिदेखिको वार्षिक परीक्षा बहिस्कार गर्ने निर्णय गरेका छन्। फतुवा विजयपुर का प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले  पाँच दिनभित्र जुन हालतमा पनि शिक्षक र कर्मचारीको तलब निकासा हुने बताएका छन्। फतुवा विजयपुर का प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले  पाँच दिनभित्र जुन हालतमा पनि शिक्षक र कर्मचारीको तलब निकासा हुने बताए।

फतुवा बिजयपुर नगरपालिकामा कांग्रेस पार्टी बाट निर्वाचित मेयर गोपाल राय यादव नदीको टेन्डरमा दोषी ठहर भएर अख्तियारद्वारा दण्डित भई पद गुमाएपछि कांग्रेसकै उपमेयर अम्बेया खातुन गत वर्षदेखि कार्यबाहकको जिम्मेवारी पाएकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो