2026-09-19 12:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

स्थानीय तहको लापरबाही : कक्षा ६ र ७ को सामाजिकको प्रश्नपत्रको रंग फरक, प्रश्नहरु एउटै !

चैत ८,  नुवाकोट | नुवाकोटको तारकेश्वर गाउँपालिकाले गाउँपालिका स्तरीय वार्षिक परीक्षाको प्रश्नपत्रमा गम्भीर लापरबाही गरेको खुलेको छ । गाउँपालिकाले कक्षा ६ र ७ को ‘सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा’ विषयको प्रश्नपत्र एउटै बनाएको पाइएको हो । 

मंगलबार प्रश्नपत्रमा भएको यो हदको त्रुटि विद्यार्थीलाई वितरण गर्ने बेलामा विद्यालयहरूले थाहा पाएका थिए । वार्षिक परीक्षा समितिका संयोजक राजाराम अधिकारीको नेतृत्वमा बनाइएको प्रश्न कक्षा ६ को पाठ्यक्रमअनुसार मिल्दो भए पनि कक्षा ७ को पाठ्यक्रमअनुसार भने मिल्दो थिएन । परीक्षा समितिले यो हदको  लापरबाही गरेको भन्दै आलोचना भएको छ । 

यस विषयमा शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिकाका अध्यक्ष अधिकारीले भने यसबारे प्रतिक्रिया दिन चाहेनन् । तर, गाउँपालिकाको प्रश्नपत्र भने यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । सार्वजनिक प्रश्नपत्रमा कक्षा ६ को प्रश्नपत्र रातो र ७ को सेतो रंगको हुनुबाहेक अरु केही फरक छैन । 

गाउँपालिकाका उपाध्यक्ष हरि रिमालले प्रश्नपत्र बनाउने क्रममा लापरबाही हुँदा यस्तो भएको बताए । उनले भने, ‘यो लापरबाही हो । यसबारे बैठकमा छलफलको विषय हुन्छ ।’ शिक्षा समितिले प्रश्नपत्र ठिक भए नभएको रुजु गरेरमात्रै छपाइ गर्नुपर्ने भए पनि त्यसो नगरिकै कारण यस्तो त्रुटि भएको हुनसक्ने उनको भनाइ छ । प्रश्नपत्र गल्ती भएको पाइएसँगै सो दिन गाउँपालिकाका विद्यालयहरूले अर्को विकल्प तयार गरेर ढिलागरी कक्षा ७ को परीक्षा सञ्चालन गरेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई