२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तत्कालीन प्रमुख भन्सार अधिकृत सापकोटासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८०, १३ चैत्र मंगलवार ११:१९

चैत १३, धनगढी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासहित चार जनाविरुद्ध राजस्व चुहावट, सरकारी कागजात नोक्सान एवं गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले मंगलबार विराटनगर भन्सार कार्यालयमा जाँचपासको लागि देव इन्टरनेशनल प्रालिले ल्याएको समानको जाँचपास गर्ने कार्यमा न्यून बिजकीकरण गरी गुणस्तर फरक पारी प्रचलित कानूनबमोजिम लिनुपर्ने राजस्व रकम नलिने तथा छोड्ने कोसिस गरेको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

सापकोटा र शर्मालाई ८४ लाख ५५ हजार ६०५ रुपैयाँ विगो कायम गरी कैद र चुहावट भएको राजस्वको रकमको दोब्बर जरिवाना हुने सजायलाई आधार मानी आधा सजाय हुन माग दाबी गरिएको आयोगका प्रवक्ता सहसचिव नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार देव इन्टरनेशनल प्रालिका सञ्चालक शेरबहादुर बस्नेत र शरणकुमार खरेलले गरेको कार्य मुख्य प्रतिवादी सापकोटा र शर्माले गरेको कसुरबमोजिमको उद्योगको कसुरको मतियार भएर कसुर अपराध गरेको भन्दै ८४ लाख ५५ हजार ६०५ रुपैयाँ नै विगो कायम गरेर कैद सजायको माग गरिएको छ ।

यस्तै चुहावट भएको राजस्व रकमको दोब्बर जरिवाना हुने सजायको आधा सजायलाई आधार मानेर मुख्य प्रतिवादी सापकोटा र शर्मालाई हुने सजाय बराबर सञ्चालक बस्नेत र पोखरेललाई सजाय माग दाबी गरिएको प्रवक्ता घिमिरेले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति