कात्तिक ६, पर्वत । जिल्लाको सदरमुकाम कुश्माबजारबाट सबै गाविसमा पुग्न सकिने गरी ग्रामीण सडकको मर्मत सुरु भएको छ । 

जिल्ला विकास समितिले २४ वटा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ६, पर्वत । जिल्लाको सदरमुकाम कुश्माबजारबाट सबै गाविसमा पुग्न सकिने गरी ग्रामीण सडकको मर्मत सुरु भएको छ । 

जिल्ला विकास समितिले २४ वटा"/>

2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्वतका ग्रामीण सडक मर्मतको काम सुरु

October 22, 2016


कात्तिक ६, पर्वत । जिल्लाको सदरमुकाम कुश्माबजारबाट सबै गाविसमा पुग्न सकिने गरी ग्रामीण सडकको मर्मत सुरु भएको छ । 

जिल्ला विकास समितिले २४ वटा सडकलाई छनोट ठेकेदारसँग मर्मतका लागि बुधबार ठेक्का सम्झौता गरेपछि मर्मतका काम सुरु भएको हो । दसैँअगावै सञ्चालन गर्ने तयारी भए पनि वर्षा नरोकिएको र ठेकेदारले कमिसन बाँडफाँडका लागि सम्झौतामा अवरोध गरेका कारण मर्मतको काम सुरु भएको थिएन । 

जिल्ला विकास समिति पर्वतले ठेक्काका लागि २१ प्रतिशत कम मूल्य कबोल गर्ने अन्नपूर्ण निर्माण सेवासँग मर्मतको ठेक्का सम्झौता गरेको छ । “सम्झौता पछि अब ठेकेदारले मर्मतको काम सुरु गरेका छन्” जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनियर महेन्द्र बानियाँले भन्नुभयो “अब तिहारसम्ममा सामान्य मर्मतको काम सक्ने लक्ष्य राखेका छाँै ।” 

जिल्ला विकास समितिले सडकलाई आकस्मिक रुपमा मर्मतका लागि रु १५ लाख ६२ हजार विनियोजन गरेको छ । चाडवाड मनाउनका लागि बाहिरबाट गाउँमा आउने सर्वसाधारण सवारीसाधान मार्फत नै गन्तव्यमा पुग्न सकून् भनेर आकस्मिक रुपमा मर्मत गर्ने परम्परा चल्दै आएको छ । 

दसँैअघि दक्षिण पर्वतको चिसापानी–हुवास सडक र त्यस वरपरका केही सडकमा बाहेक दक्षिणमा राम्रोसँंग यात्रुले सवारी चढ्न पाएनन् । मिलनचोकदेखि शालिजासम्म, कुस्मादेखि दुर्लुङसम्म र डिमुवादेखि चित्रेसम्म केही मात्रामा सवारी चलेका थिए । कुस्मादेखि हुवास र रानीपानीसम्मको सडकमा सवारी नचल्दा सबैभन्दा बढी यात्रुले सास्ती खेपेका थिए । 

सडक मर्मत नहुँदा सबैभन्दा बढी यात्रु चल्ने दोबिल्ला–फलेवास सडकमा हिलोमा सवारीसाधन रोकिँदा पाँच घन्टासम्म यात्रुले सडक पार गर्न समय लागेको दुःखेसो पोखेका छन् । सडकको एकोहोरेपाखा जङ्गलमा हिलोमा चार पाँच घन्टासम्म सवारीका साधन फस्ने र निकाल्नका लागि डोजर र ट्याक्टर प्रयोग गर्नुपर्ने अवस्था आएपछि सबैभन्दा बढी सास्ती खेप्नुपरेको थियो । धेरै सवारीसाधन बिग्रेका थिए भने व्यवसायीले पनि धेरै घाटा बेहोरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले