८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सडकमा हिँडिरहेका दिनेश लागुऔषधसहित प्रहरी फन्दामा

६ कार्तिक २०७३, शनिबार ०३:४०

कात्तिक ६, इटहरी । सुनसरी जिल्लाको दुहवीभलुवा नगरपालिका–३ स्थित सडकमा हिँडिरहेका तनमुना–५ का ३६ वर्षीय दिनेश उरावलाई शङ्का लागि शरीर खानतलासी गर्दा उनको साथबाट ठूलो परिमाणमा लागुऔषध बरामद भएको छ । 

इलाका प्रहरी कार्यालय दुहवीबाट परिचालित गस्ती प्रहरी टोलीले शुक्रबार सडकमा चेकजाँच गर्ने क्रममा उनको साथबाट कोरेक्स १४७ बोतल र नाइटङोजन ट्याबलेट ३८९ वटा फेला परेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । 

पक्राउ परेका उरावलाई लागुऔषध ओसारपसार ऐनअन्तर्गत कारबाहीका लागि इलाका प्रहरी कार्यालय दुहवीले हिरासतमा लिएको बताइएको छ । 

विस्फोटक वस्तुसहित एक पक्राउ 

सुनसरी जिल्लाको रामधुनीभासी नगरपालिका क्षेत्रका सडकमा शुक्रबार साँझ परिचालित गस्ती प्रहरीले सडकमा चेकजाँच गर्ने क्रममा इटहरी–४ का शम्भु साहसुढीलाई ठूलो परिमाणमा विस्फोटक पद्धार्थसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ । 

को२१प ३८९७ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका साहले मोटरसाइकलको पछाडि झोला र बोरामा राखेर ल्याएको मिनि बुलेट १० प्याकेट, बिग बुलेट १० प्याकेट, स्काइ मिनि १० प्याकेट कनरकोटी एक प्याकेट, सुप्रिम फ्लावर एक प्याकेट सुप्रिम अशोका एक प्याकेट बरामद गरिएको छ । 

पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय पकलीको हिरासतमा राखी कारबाही अघि बढाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता