बिनोद विष्ट, कात्र्तिक ७ बैतडी
एनआरवाईसि क्रिकेट क्लब बठ्ठा र जगन्नाथ क्रिकेट क्लब थालिगाडा बैतडीमा जारी बिडिसिए क्रिकेट प्रतियोगिताको समुह बी वाट सेमिफाईनल प्रवेश गरेका छन ।
आईतवार सम्पन्न लिग चरणका अन्तिम खेलमा खोडपे क्रिकेट क्लबलाई ७ विकेटले पाखा लगाउदै एनआरवाई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिनोद विष्ट, कात्र्तिक ७ बैतडी
एनआरवाईसि क्रिकेट क्लब बठ्ठा र जगन्नाथ क्रिकेट क्लब थालिगाडा बैतडीमा जारी बिडिसिए क्रिकेट प्रतियोगिताको समुह बी वाट सेमिफाईनल प्रवेश गरेका छन ।
आईतवार सम्पन्न लिग चरणका अन्तिम खेलमा खोडपे क्रिकेट क्लबलाई ७ विकेटले पाखा लगाउदै एनआरवाई"/>
2026-09-19 04:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एनआरवाईसि र जगन्नाथ बिडिसिए क्रिकेट कप को सेमिफाईनलमा

बिनोद विष्ट, कात्र्तिक ७ बैतडी
एनआरवाईसि क्रिकेट क्लब बठ्ठा र जगन्नाथ क्रिकेट क्लब थालिगाडा बैतडीमा जारी बिडिसिए क्रिकेट प्रतियोगिताको समुह बी वाट सेमिफाईनल प्रवेश गरेका छन ।
आईतवार सम्पन्न लिग चरणका अन्तिम खेलमा खोडपे क्रिकेट क्लबलाई ७ विकेटले पाखा लगाउदै एनआरवाईसि सेमिफाईनल प्रवेश गरेको हो भने कालाशैनी क्रिकेट क्लबलाई ८ विकेटले स्तब्ध पार्दै जगन्नाथले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

निङ्गलाशैनी खेल मैदान देहिमाण्डौंमा सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको खोडपे क्रिकेट क्लबले निर्धारित २० ओभरमा कृष्ण विष्टको सर्वाधिक २० रनको मद्दतले ९ विकेटको क्षतीमा ९९ रन बनाएको थियो ।
एनआरवाईसिका सुरज बोहराले २ विकेट हात पारेका थिए ।

१ सय रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको एनआरवाईसिले सुरज बोहराकोे अर्धसतकिय पारीसंगै ५४ रनको मद्दतले ११ ओभरमा ३  विकेटको क्षतीमा लक्ष्य भेट्टाएको हो । महामाया क्रिकेट क्लब दुर्गाभवानी र एनआरवाईसिले समान दुई दुई खेल जितेको भएपनि रन रेटका आधारमा पछी पार्दै एनआरवाईसि सेमिफाईनल पुगेको स्कोरर द्रोपती कुवँरले जानकारी दिनुभयो ।

यस्तै बुढाबाजे खेलमैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको कालाशैनी क्रिकेट क्लबले निरज चन्दको सर्वाधिक २२ रनको मद्दतमा जगन्नाथ सामु १७ ओभरमा  आफ्ना सम्पुर्ण विकेट गुमाउदै ७७ रनको झिनो लक्ष्य पस्तुत गरेको थियो । कालाशैनीलाई सस्तैमा समेट्न जगन्नाथका चन्दन रावलले ३ विकेट हात पारेका थिए ।

जवाफी ब्याटिङमा उत्रेको जगन्नाथले ११ दशमलव ४ ओभरमा २ विकेटको क्षतीमा लक्ष्य पुरा गरेको खेल संयोजक गणेश चन्दले जानकारी दिनुभयो । यसअघि समुह ए बाट योङ्ग स्टार क्रिकेट क्लब मेलौली र पञ्चकोटी क्रिकेट क्लब खडेनी सेमिफाईनल प्रवेश गरिसकेका छन ।

यसैबिच प्रतियोगिता अन्तर्गत सोमवार सेमिफाईनलका खेलहरु हुने भएका छन ।

निङ्गलाशैनी खेल मैदान देहिमाण्डौंमा सोमवार हुने पहिलो सेमिफाईनल खेलमा योङ्ग स्टार क्रिकेट क्लब मेलौली र जगन्नाथ क्रिकेट क्लब थालिगाडा आमने सामने हुदा दोस्रो सेमिफाईनल खेलमा एनआरवाईसि क्रिकेट क्लब बठ्ठा र पञ्चकोटी क्रिकेट क्लब खडेनी भिड्ने भएका छन ।  

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा कात्तिक २ गतेदेखि सुरु भएको बिडिसिए क्रिकेट कप प्रतियोगिताकोे १६ औ संस्करणमा  १६ टिमको सहभागिता रहेको थियो ।

फाईनल खेल तथा उपाधी भिडन्त कात्तिक ९ गते निङ्गलाशैनी खेल मैदान देहिमाण्डौंमा सञ्चालन हुने बताईएको छ । प्रतियोगिताबाट उत्कृष्ठ खेलाडीबाट राष्ट्रिय प्रतियोगिताका लागी क्षेत्र नम्बर ६ बैतडीको टिम बनाईने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष रमेश बोहराले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार, ट्रफी र प्रमाणपत्र द्वितिय हुनेलाइ १५ हजार नगद ट्रफी र प्रमाणपत्र पाउनेछन भने म्यान अफ द सिरिज हुने खेलाडीलाई एउटा क्रिकेट ब्याट प्रदान गरिने आयोजक बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई