बर्दियाको माटोमा नै जीवनको केही महत्वपूर्ण समय व्यतित गरी पछिल्लो समयमा बहुचर्चित उपन्यास “चीरहरण’ की लेखिका नीलम कार्की निहारिकालाई “कविगुरु” स्व. यज्ञप्रसाद सुवेदी साहित्य सम्मान (२०७३) बाट सम्मानित गरिने भएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बर्दियाको माटोमा नै जीवनको केही महत्वपूर्ण समय व्यतित गरी पछिल्लो समयमा बहुचर्चित उपन्यास “चीरहरण’ की लेखिका नीलम कार्की निहारिकालाई “कविगुरु” स्व. यज्ञप्रसाद सुवेदी साहित्य सम्मान (२०७३) बाट सम्मानित गरिने भएको छ ।

2026-09-18 08:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

“कविगुरु” स्व. यज्ञप्रसाद सुवेदी साहित्य सम्मान निहारिकालाई

सास । कार्तिक ७, बर्दिया ।

बर्दियाको माटोमा नै जीवनको केही महत्वपूर्ण समय व्यतित गरी पछिल्लो समयमा बहुचर्चित उपन्यास “चीरहरण’ की लेखिका नीलम कार्की निहारिकालाई “कविगुरु” स्व. यज्ञप्रसाद सुवेदी साहित्य सम्मान (२०७३) बाट सम्मानित गरिने भएको छ ।

पद्मश्री पुरस्कारबाट यो कृति सम्मानित भएपछि पछिल्लो समयमा निकै चर्चामा आउनुभएकी स्रष्टा नीलम कार्की निहारिका पछिल्लो समयमा अमेरीकामा बसोबास गरी नेपाली साहित्यको साधना र श्रीवृद्धिमा लाग्नुभएको छ । 

यसै वर्षदेखि धार्मिक, सामाजिक र साहित्यिक क्षेत्रमा विशेष योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यका साथ बर्दियाली श्रष्टा “कविगुरु” स्व. यज्ञप्रसाद सुवेदी को नामबाट हाल स्थापित रु. ५० हजारको अक्षय कोषबाट प्राप्त व्याजको रकमबाट यज्ञप्रसाद सुवेदी प्रतिष्ठानले निहारिकालाई सुवेदीको ७९औँ जन्मदिनको अवसरमा यही कार्तिक १२ गते पहिलोपटक यो सम्मान अर्पण गर्न लागेको आयोजक संस्था प्रतिष्ठान र कृष्णसार पाठक मञ्च बर्दियाले जनाएको छ । अक्षय कोषको रकम वृद्धि गर्दै लगिने प्रतिष्ठानका अध्यक्ष एवम् “कविगुरु” स्व. यज्ञप्रसाद सुवेदीकी धर्मपत्नी भीमा सुवदीले बताउनुभयाे ।

सोही दिन “कविगुरु” स्व. यज्ञप्रसाद सुवेदीको १३औँ कृति “कल्पना सङ्ग्ह भाग चार” को समेत लोकार्पण गरिने कार्यक्रम तय भएको मञ्चका संयोजक अयोध्याप्रसाद श्रीवास्तवले बताउनुभएको छ ।

गुलरिया स्थित मिरर होटलमा दिउसो १ बजे आयोजना गरिएको कार्यक्रममा बर्दिया तथा बाँके जिल्लाबाट विभिन्न विधामा कलम चलाउँदै आउनुभएका विभिन्न साहित्यिक व्यक्तित्वहरुको उपस्थिति हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई