कार्तिक ८ पर्वत । जिल्लाको डिमुवा बजारमा रहेको डिमुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।  
    सो साधारण सभाको प्रमुख अतिथिको रुपमा बोल्दै  राष्ट्रिय बाणिज्य बैंक पातिचौरका शाखा प्रबन्धक प्रेम प्रसाद सुब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक ८ पर्वत । जिल्लाको डिमुवा बजारमा रहेको डिमुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।  
    सो साधारण सभाको प्रमुख अतिथिको रुपमा बोल्दै  राष्ट्रिय बाणिज्य बैंक पातिचौरका शाखा प्रबन्धक प्रेम प्रसाद सुब"/>
2026-09-19 11:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डिमुवा सहकारीको पहिलो साधारणसभा सम्पन्न

कार्तिक ८ पर्वत । जिल्लाको डिमुवा बजारमा रहेको डिमुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।  
    सो साधारण सभाको प्रमुख अतिथिको रुपमा बोल्दै  राष्ट्रिय बाणिज्य बैंक पातिचौरका शाखा प्रबन्धक प्रेम प्रसाद सुबेदीले गरीब तथा न्यून आय भएका जनताको आय स्तर बृद्धि गर्न सहकारीको भूमिका महत्वपूर्ण हुने बिचार व्यक्त गरे ।
     कार्यक्रममा नब जागृत माबिका अध्यक्ष तीर्थ बहादुर लामिछाने, पन्चासे सिद्ध बाबा बोर्डिंङ स्कुलका अध्यक्ष रत्न लम्साल, डिमुवा खानेपानी तथा सरसफाई समितिका अध्यक्ष ओम बहादुर घर्ति क्षेत्री, धनेश्वरी कृषि सहकारी कुश्माका अध्यक्ष  नबराज गिरी  , समाजसेवी नन्द लाल    भन्डारी,रुद्र प्रसाद शर्मा, कालिका केसी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरे । सोही अबसरमा तीन जना उत्कृष्ट बचतकर्ता र तीन जना असल ऋणी हरुलाई सम्मान  गरिएको थियो ।
    एकानब्बे  जना शेयर सदस्य भएको सहकारीको शेयर पूँजी पैतीस लाख चौहत्तर हजार रहेको छ  भने एक बर्षको अबधिमा   करीब सत्तरी लाख ऋण लगानी भएको साधारण सभामा जानकारी दिइएको थियो । सहकारीका अध्यक्ष रुद्र प्रसाद पौडेल को अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत सचिब  कमलराज रिमाल र सञ्चालन कोषाध्यक्ष रामचन्द्र सुबेदीले गरेका थिए  ।
यसैविच यता जिल्लाको लिमिठाना गाविसमा तीन दिने सहकारी सचेतना तथा वित्तीय  साक्षरता तालिम शुरु भएको छ ।
    सहकारी डिभिजन कार्यालय बाग्लुङको आयोजनामा उक्त तालिम शुरु भएको हो । तालिममा सहकारी संचालकका सहकारी व्यवस्थापन र लेखा सम्बन्धी जानकारी दिने सहकारी  निरिक्षक  होमनाथ शर्मा ढकालले जानकारी दिए ।  उक्त तालिममा  पाङराङ, लिमिठाना र कुर्घाका गरी ६ वटा सहकारी संस्थाका झण्डै २८ जना सहभागी रहेका छन् । कुर्घा चिसापानी  बहुउद्देश्यीय सहकारीको संयोजन संचालन भएको उक्त कार्यक्रम तीन दिनसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो