कार्तिक ८ पर्वत । जिल्लाको डिमुवा बजारमा रहेको डिमुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।  
    सो साधारण सभाको प्रमुख अतिथिको रुपमा बोल्दै  राष्ट्रिय बाणिज्य बैंक पातिचौरका शाखा प्रबन्धक प्रेम प्रसाद सुब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक ८ पर्वत । जिल्लाको डिमुवा बजारमा रहेको डिमुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।  
    सो साधारण सभाको प्रमुख अतिथिको रुपमा बोल्दै  राष्ट्रिय बाणिज्य बैंक पातिचौरका शाखा प्रबन्धक प्रेम प्रसाद सुब"/>
२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डिमुवा सहकारीको पहिलो साधारणसभा सम्पन्न

८ कार्तिक २०७३, सोमबार ०६:१५

कार्तिक ८ पर्वत । जिल्लाको डिमुवा बजारमा रहेको डिमुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।  
    सो साधारण सभाको प्रमुख अतिथिको रुपमा बोल्दै  राष्ट्रिय बाणिज्य बैंक पातिचौरका शाखा प्रबन्धक प्रेम प्रसाद सुबेदीले गरीब तथा न्यून आय भएका जनताको आय स्तर बृद्धि गर्न सहकारीको भूमिका महत्वपूर्ण हुने बिचार व्यक्त गरे ।
     कार्यक्रममा नब जागृत माबिका अध्यक्ष तीर्थ बहादुर लामिछाने, पन्चासे सिद्ध बाबा बोर्डिंङ स्कुलका अध्यक्ष रत्न लम्साल, डिमुवा खानेपानी तथा सरसफाई समितिका अध्यक्ष ओम बहादुर घर्ति क्षेत्री, धनेश्वरी कृषि सहकारी कुश्माका अध्यक्ष  नबराज गिरी  , समाजसेवी नन्द लाल    भन्डारी,रुद्र प्रसाद शर्मा, कालिका केसी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरे । सोही अबसरमा तीन जना उत्कृष्ट बचतकर्ता र तीन जना असल ऋणी हरुलाई सम्मान  गरिएको थियो ।
    एकानब्बे  जना शेयर सदस्य भएको सहकारीको शेयर पूँजी पैतीस लाख चौहत्तर हजार रहेको छ  भने एक बर्षको अबधिमा   करीब सत्तरी लाख ऋण लगानी भएको साधारण सभामा जानकारी दिइएको थियो । सहकारीका अध्यक्ष रुद्र प्रसाद पौडेल को अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत सचिब  कमलराज रिमाल र सञ्चालन कोषाध्यक्ष रामचन्द्र सुबेदीले गरेका थिए  ।
यसैविच यता जिल्लाको लिमिठाना गाविसमा तीन दिने सहकारी सचेतना तथा वित्तीय  साक्षरता तालिम शुरु भएको छ ।
    सहकारी डिभिजन कार्यालय बाग्लुङको आयोजनामा उक्त तालिम शुरु भएको हो । तालिममा सहकारी संचालकका सहकारी व्यवस्थापन र लेखा सम्बन्धी जानकारी दिने सहकारी  निरिक्षक  होमनाथ शर्मा ढकालले जानकारी दिए ।  उक्त तालिममा  पाङराङ, लिमिठाना र कुर्घाका गरी ६ वटा सहकारी संस्थाका झण्डै २८ जना सहभागी रहेका छन् । कुर्घा चिसापानी  बहुउद्देश्यीय सहकारीको संयोजन संचालन भएको उक्त कार्यक्रम तीन दिनसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली