2026-09-18 07:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीबाट एकै वर्षमा ४५ करोडको आलु निकासी

कात्तिक ८, म्याग्दी । पहाडी जिल्ला म्याग्दीबाट एक वर्षमा रु ४५ करोडको आलु निकासी भएको छ । 

आव २०७२/७३ मा जिल्लामा उत्पादन भएको आलुमध्ये ११ हजार ७६१ मेट्रिक टन आलु जिल्ला बाहिर निकासी गरी कृषकले रु ४५ करोड आम्दानी गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 

जिल्लाका विभिन्न गाविसमा उत्पादन भएको आलु कृषकले पोखरा, काठमाडौँ, कुश्मा, बागलुङलगायतका स्थानमा पुर्याएर बिक्री गरेको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले जानकारी दिनुभयो । 

जिल्लामा हिउँदे र बर्खे गरी एक हजार ६१५ हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै  आएको छ । जिल्लाभर वर्षभरिमा कुल १६ हजार पाँच ७६ मेट्रिक टन आलु उत्पादन भएको थियो । त्यसमध्ये चार हजार ८१५ मेट्रिक टन आलु जिल्लाभित्र खपत भए पनि बाँकी आलु यातायातका साधनमार्फत ढुवानी गरी जिल्ला बाहिर निर्यात गरिएको हो । 

अघिल्लो वर्ष एक हजार ६०५ हेक्टरमा गरिएको आलुखेतीबाट १५ हजार ९०० मेट्रिक टन आलु उत्पादन भएकामा यो वर्ष शून्य दशमलव ६ प्रतिशतले उत्पादनमा वृद्धि भएको कार्यालयकी योजना अधिकृत ज्योति क्षेत्रीले जानकारी दिनुभयो । 

कृषकहरु व्यावसायिक बन्नु, उन्नत जात भित्रनु, पुरानो खेती प्रविधि आधुनिकीकरण बन्दै जानु, अनुदानका कार्यक्रम, बीउ आलु भण्डार गृह निर्माण, बजारको पहुँच विस्तारले अन्य बालीको तुलनामा सजिलो र आम्दानी हुने भएकाले आलु खेतीतर्फ कृषकको आकर्षण बढेको अधिकृत क्षेत्रीले बताउनुभयो । 

राम्चे, हिस्तान, शिख, घार, कुहुँ, कुइनेमङ्गले, पाखापानी, मल्कवाङ, गुर्जा, मुदी, मल्कवाङ, चिमखोला, पात्लेखेत, भकिम्लीलगायत ३३ गाविसमा व्यावसायिक आलु खेती हुने गरेको छ । अन्य अन्नबालीको तुलनामा धेरै समय, जनशक्ति र मेहनत नपर्ने तथा बजारमा उच्च माग भएकाले म्याग्दीमा व्यावसायिक आलु खेती गर्ने कृषकको सङ्ख्या बढेको हो । 

कृषकले कुफ्रेज्योतिका साथै दाना ९पिबिएस० र बियाँ बीउ ९टिपिएस० प्रविधिको प्रयोग गरी उन्नत जातका आलुको खेती गरेका छन् । घरायसी उपभोग, आन्तरिक बजार, बीउ आलुका लागि म्याग्दी जिल्ला आत्मनिर्भर बनेको जिल्ला कृषि योजना अधिकृत क्षेत्रीले बताउनुभयो । 

आलु खेतीको प्रवद्र्धनका लागि जिल्ला कृषि विकास कार्यालयले बीउ आलु आत्मनिर्भर कार्यक्रमका साथै सुरक्षित भण्डारणका लागि विभिन्न १० ठाउँमा शीतभण्डार भवन निर्माण गरिएको कार्यालयले जनाएकोे छ । यसैगरी कृषकलाई प्राविधिक तालिमका साथै अनुदानमा बियाँ र दाना बीउ आलु उपलब्ध गराउने गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई