वैशाख १९, काठमाडौँ । टी-२० सिरिजको तेस्रो खेलमा नेपाललाई पहिलो झट्का लागेको छ ।
वेस्ट इन्डिज ‘ए’ ले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३६ रन जोड्दा पहिलो विकेट गुमाएको हो ।
नेपालका लागि विनोद भण्डारी १५ बलमा १९ रन बनाएर आउट भए । उनी चौथो ओभरको अन्तिम बलमा फाबिएन एलेनको बलबाट क्याच आउट हुन पुगे ।