कात्तिक ८, काठमाडौँ । मंगोल मूलबासी राष्ट्रिय फोर्स नामक भूमिगत गिरोहका अध्यक्षसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भूमिगत सशस्त्र समूहहरु मंग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ८, काठमाडौँ । मंगोल मूलबासी राष्ट्रिय फोर्स नामक भूमिगत गिरोहका अध्यक्षसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भूमिगत सशस्त्र समूहहरु मंग"/>

११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वमाओवादी लडाकुद्धारा तालिम प्राप्त भूमिगत गिरोहका १३ जना पक्राउ

८ कार्तिक २०७३, सोमबार १२:०४


कात्तिक ८, काठमाडौँ । मंगोल मूलबासी राष्ट्रिय फोर्स नामक भूमिगत गिरोहका अध्यक्षसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भूमिगत सशस्त्र समूहहरु मंगोल नेश्नल फोर्स, मंगोल मुलबासी फोर्स, संयुक्त जातीय मुक्ति मोर्चाका केही व्यक्ति संलग्नतामा मुलबासी राष्ट्रिय फोर्स गठन गरेको बताइएको छ ।

उनिहरुले विभिन्न प्रहरी इकाइ आक्रमण गरी हातहतियार संकलन गर्ने बैंक तथा वित्तीय संस्था, व्यापारी तथा सवारी साधनहरु लुट्ने, चन्दा संकलन गर्ने योजना बनाएको खुलासा भएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई रोल्पा, सिन्धुपाल्चोक र काठमाडौंबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये ८ जनालाई महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीले सोमबार पत्रकार सम्मेलन सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रुकुमका उपेन्द्र घर्ती मगर, ताप्लेजुङका पृथ्वी नारायण लिम्बु, पाँचथरका टेम्डी शेर्पा, खोटाङका सुवास राई, सिन्धुपाल्चोकका रविन श्रेष्ठ, वन बहादुर स्याङवो, अजय तामाङ, रोल्पाका रामबहादुर बुढा मगर, लोकबहादुर बुढामगर, दुजमान घर्तीमगर, जोग बहादुर घर्तीमगर, र चन्द्रवीर घर्तिमगर छन् । 

त्यस्तै उनीहरुको साथबाट  २ नाल कटुवा पेस्तोल, २ नाल रिभल्वर र यसको गोली १२ राउण्ड, विष्फोटक पदार्थ तथा पार्टीका महत्वपूर्ण दस्तावेज, ९ वटा भरुवा बन्दुक र यसकाे केप, २ सय ग्राम बारुद, शिशाको गोली २२ वटा र शिशाको छर्रा १ सय वटा बरामद भएको प्रहरीले जनाएको छ । 

पक्राउ परेकाहरुको साथबाट पेस्तोललगायतका हातहतियार, विस्फोटक पदार्थ, पार्टीको कागजातहरु बरामद भएको जनाइएको छ । रुकुममा गठन भएको सो समूहका सदस्यहरुलाई पूर्वमाओवादी लडाकुहरुले तालिम दिएको थाहा भएको पनि प्रहरीले बताएको छ ।

पक्राउ परेका घर्तीमगर २०६७ सालमा रुकुमबाट फरार भएका लिम्बू २०७२ सालमा झापामा जबर्जस्ती चन्दा असुलीमा पक्राउ परेका र शेर्पा २०६७ सालको बबरमहल बमकान्डमा संलग्न रहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो ७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट) अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन