३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दुई खेल अगावै आइपिएलको प्लेअफ दौडबाट बाहिरियो ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्स

२७ बैशाख २०८१, बिहीबार ०७:४७

बैशाख २७, काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को यस सिजनमा मुम्बई इण्डियन्स प्लेअफमा नपुग्दै बाहिरिने पहिलो टिम बनेको छ ।

यस सिजनमा १२ खेलमा ८ खेल हारेको मुम्बईले ४ खेल मात्र जितेको छ ।

अंक तालिकामा नवौं स्थानमा रहेको मुम्बईले अब २ खेल मात्र खेल्न बाँकि रहेको बेला प्लेअफको दौडबाट बाहिरिएको हो ।

अंक तालिकामा हाल कोलकाता र राजस्थानको १६–१६ अंक छ र क्रमश: पहिलो र दोस्रो स्थानमा रहेका छन् । त्यस्तै सनराइजर्स हैदरावादको १२ खेलमा १४ अंक छ र तेस्रो स्थानमा रहेको छ । त्यस्तै चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्टको १२-१२ अंक रहेको छ र क्रमश: चौथो, पाँचौं र छैटौं स्थानमा रहेका छन् । चेन्नईले ११ खेल खेलेको छ भने दिल्ली–लखनउले १२–१२ खेल खेलेका छन् ।


मुम्बईको नेट रन रेट पनि निकै कम छ । बाँकी दुई खेल जितेपनि मुम्बईका लागि प्लेअफमा पुग्न १२ अंक पर्याप्त हुनेछैन । मुम्बईले पछिल्लो पटक सन् २०२० मा पाँचौं आईपीएल ट्रफी जितेको थियो । 

त्यसबेलादेखि, मुम्बई पछिल्लो चार सिजनमा २०२३ मा मात्र प्लेअफमा स्थान बनाएको थियो । यस सिजनमा मुम्बईले हार्दिक पाण्डेयलाई कप्तान बनाएपछि टिम एकजुट नरहेको र उनलाई बाँकी खेलाडीको सहयोग नरहेको विभिन्न रिपोर्टमा बताइएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट