कात्तिक ९, सेपुखोला (जाजरकोट) | यहाँको पूर्वी क्षेत्रको सक्ला र खगेनकोट गाविसमा निर्माण हुने नलगाड जलविद्युत् आयोजनाको निरीक्षण गरिएको छ ।

ऊर्जा मन्त्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ९, सेपुखोला (जाजरकोट) | यहाँको पूर्वी क्षेत्रको सक्ला र खगेनकोट गाविसमा निर्माण हुने नलगाड जलविद्युत् आयोजनाको निरीक्षण गरिएको छ ।

ऊर्जा मन्त्र"/>

2026-06-17 10:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जाजरकोटको नलगाड जलविद्युत् निर्माणस्थलका जनता भन्छन्– छिटो काम होस्

कात्तिक ९, सेपुखोला (जाजरकोट) | यहाँको पूर्वी क्षेत्रको सक्ला र खगेनकोट गाविसमा निर्माण हुने नलगाड जलविद्युत् आयोजनाको निरीक्षण गरिएको छ ।

ऊर्जा मन्त्रालयका सचिव अरुणकुमार उपाध्याय, आयोजनाका कार्यकारी निर्देशक मोती कँुवर, नेपाली सेनाका जाजरकोट डोल्पा सडक निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडी, स्मेक कन्सलटेन्सीका माइकल लगायतले आयोजना निर्माण स्थलको निरीक्षण गर्नुभएको हो । जलविद्युत्गृह निर्माणस्थल खगेनकोटको दल्लीदेखि सक्ला गाविसको सेपुखोलासम्म निरीक्षण गरिएको हो । 

करिब १० किमी लम्बाइ रहेको सो भूभागको पहुँच मार्ग निर्माणस्थलको पनि अवलोकन गरिएको छ । आयोजनाको निरीक्षणमा आएको सो टोलीलाई मुआब्जाका साथै विस्तृत परियोजना प्रतिवेदन छिटो पूरा गर्न स्थानीयवासीले माग गरेका छन् । अहिले आयोजनास्थलमा पहुँच मार्ग निर्माण तीव्र पारिएको छ भने दल्लीमा आयोजनाको भवन निर्माण जारी छ । अहिलेको सम्भाव्यता अध्ययनले सो आयोजनाबाट ४१० मेगावाट विद्युत् उत्पादन गर्न सकिने भएको छ । 

ऊर्जाविद्ले एक हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादन गर्न सकिने जिकिर गर्दै आएका छन् । नेपालकै कम लगानीका साथै कम क्षतिमा सो आयोजना निर्माण गर्न सकिने बताइएको छ । 

आयोजना निर्माणस्थलमा कम जग्गा अधिग्रहण हुनेलाई निकै घाटा लागेको र मुआब्जा मार्फत पाएको रकमले अर्को ठाउँमा पुनःस्थापना हुन समस्या भएको सक्ला जुगानाका डिलबहादुर रावलले बताउनुभयो । मुआब्जा मार्फत पाउने रकम एक मुष्ट पाउनुपर्ने यदि नपाइएमा कुनै काम नलाग्ने रावलले बताउनुभयो । सक्ला–१ का जयबहादुर खत्रीले सक्ला लैखमका जनतालाई आयोजनाले उपेक्षा गरेको आरोप लगाउनुभयो । आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउनुपर्ने सक्ला–१ का गणेश केसीले माग गर्नुभयो । 

ऊर्जा सचिव उपाध्यायले जाजरकोट अब झाडापखालाको होइन, बिजुलीको जिल्ला भनेर चिनिने बताउनुभयो । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन युद्धस्तरमा हुनुपर्ने र यहाँका जलजमिन र जडिबुटीको संरक्षण, आयोजना निर्माण हुँदा विस्थापित हुने स्थानीयवासीलाई रोजगारी दिनुपर्ने नलगाड सरोकार समितिका अध्यक्ष गणेशप्रसाद सिंहले माग गर्नुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु