2026-10-31 01:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने

जेठ ११, काठमाडौँ | वेस्ट ह्यामबाट खेल्ने ब्राजिलियन मिडफिल्डर लुकास पक्वेटालाई चार स्पट फिक्सिङ गरेको आरोप लगाइएको छ । 

बिहीबार पाक्वेटालाई इङल्याण्ड फुटबल संघले आधिकारिक रूपमा सट्टेबाजी नियमहरूको कथित उल्लंघनको आरोप लगाएको मिडिया रिपोर्टमा बताइएको छ ।

पाक्वेटाले २०२२ र २०२३ मा लेस्टर, एस्टन भिल्ला, लीड्स र बोर्नेमाउथविरुद्ध वेस्ट ह्यामको खेलमा जानाजानी पहेँलो कार्ड पाएको आरोप छ । 

पाक्वेटाले आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गरेका छन् र आफूमाथि लागेको आरोप गलत साबित गर्ने बताएका छन् ।

डेली मेलका अनुसार पाक्वेटा यस आरोपमा दोषी प्रमाणित भएमा १० वर्ष सम्मको प्रतिबन्धको सामना गर्नुपर्ने हुनसक्ने बताइएको छ । यी आरोप प्रमाणित भएमा २६ बर्षिय पाक्वेटाको फुटबल क्यारियर अन्त्य हुने सम्भावना रहेको छ ।

यसअघि रिडिङका पूर्व डिफेन्डर किनान आइज्याकलाई यस्तै प्रकरणमा एक दशकसम्म फुटबलबाट प्रतिबन्ध लगाइएको थियो । 

फुटबल संघले पाक्वेटालाई यस विषयमा गत वर्षको सेप्टेम्बरमा सोधपुछ गरेको थियो ।

ब्राजिलियनले आफूमाथि लगाइएको आरोपलाई औपचारिक रूपमा सम्बोधन गर्न जुन ३ सम्मको समय दिएको छ । त्यसपछि एक अनुशासनात्मक समितिले यस प्रकरणको सुनुवाई गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह