2026-07-07 02:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम जिल्लामा महीला हींसाका घटना दर्ता गर्ने क्रम सहज बन्दै

कात्तिक ९, अछाम | अछाम जिल्लामा महीला हींसाका घटना दर्ता गर्ने क्रम सहज बन्दै गएको एक कार्यक्रमका सहभागीले बताएका छन । 

संविधानमा महीलामैत्री कानुनको व्यवस्था, प्रहरीमा महीला तथा बालबालीका सेवा केन्द्रको स्थापना र जनचेतना मुलक कुराहरुको प्रचारप्रसारमा जोड दीनु लगायतका कारणले हींसा पीडीत महीलाहरुले सजिलै सम्बन्धित नीकायमा घटना दर्ता गराउन सक्ने अवस्था सहज बन्दै गएको जिल्लाका महीला अधीकारकर्मीहरुले बताएका हुन । क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) अछामको आयोजनामा आज मंगलसेनमा आयोजीत महिलाहरुको न्यायीक क्षेत्रमा पहुँच विषयक सण्डेक्लबमा बोल्ने सहभागीले हींसा पीडीत महीलाहरुको न्यायीक निकायसम्म पहुँच बढ्दै गएको बताएका हुन । साथै उनीहरुले घटना दर्ता गर्ने क्रममा विभिन्न राजनीतीक दल र व्यक्तिका तर्फबाट हुने दबाबले अझै कतीपय महिला न्याय पाउनबाट वञ्चित हुनुपर्ने अवस्था भने रहेको बताएका छन । 

डब्लुडब्लुजे अछामका अध्यक्ष पुजा शाहीको अध्यक्षता तथा अछामका प्रहरी प्रमुख डीएसपी नीरञ्जन दत्त भट्टको प्रमुख आतीथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतीथी भट्टले महिलासँग जोडीएका घटनाहरुमा प्रहरीले सधै कानुनी दायराभित्र रहेर काम गरीरहेको बताउनुभयो । कानुनमा उल्लेख भए अनुसार नै दोषीले सजाय पाउने भएकाले प्रहरी पनि निश्पक्ष र स्वतन्त्र भएर काम गर्न प्रतीबद्ध रहेको उहाँको भनाई छ । कार्यक्रममा विशिष्ट अतीथी महीला तथा बालबालीका सेवा केन्द्र अछामका अध्यक्ष सरस्वती रावल, महीला तथा बालबालीका कार्यालयका नीमित्त प्रमुख शान्ती पन्त, अनुसन्धान अधीकृत बद्री प्रसाद ढकाल, महिला मानव अधीकार रक्षक सञ्जाल अछामका अध्यक्ष मना अधीकारी, नारी चेतना केन्द्र अछामका अध्यक्ष मना भण्डारी, महिला अधीकारकर्मी विन्दु रावल, नेकपा एमाले अछामका सचिवालय सदस्य चन्द्र बोहरा लगायतले आ–आफ्नो क्षेत्रमा रहेर महिलाहरुको न्यायीक नीकायसम्म पहुँच बढाउन गरीरहेको पहलबारे जानकारी गराउनु भएको थीयो । 

यस्तै कार्यक्रममा ईलाका प्रहरी कार्यालय साँफेबगरका ईन्चार्ज असीम चन्द्र शाहको पनि उपस्थिती रहेको थीयो । कार्यक्रमको संचालन डब्लुडब्लुजे अछामका सचिव विधुत्मा रैकाले गर्नु भएको हो । संगठनले केन्द्रीय कार्यक्रम अन्र्तगत अछाम जिल्लामा पनि महिलाका विविध सवालहरुमाथी सम्बन्धित नीकायसँग छलफल कार्यक्रम गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने