३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शिर्ष नेताको बैठकमा कार्यादेश बारे जुटेन सहमति, आजै फेरी छलफल हुने

१४ जेष्ठ २०८१, सोमबार ०६:२८

जेठ १४, काठमाडौँ । प्रमुखदलका शिर्ष नेताहरुको बैठकमा कार्यादेश बारे सहमति भएको छैन । 

बालुवाटारमा भएको बैठकमा सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बारे निष्कर्षमा नपुगेको कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिएका हुन् ।

आजको बैठकमा प्रधानमन्त्रीले सत्ता पक्ष र विपक्षी नेताहरुसँग अलग अलग समेत छलफल गरेको जानकारी दिदै बैठकमा सहमति नभएको बताए । प्रधानमन्त्रीले आज साँझसम्म बसेर टुंगाउने बताएको परियारले बताएका छन् । उनले प्रधानमन्त्रीको पहल राम्रो देखिए पनि समग्र सत्ता पक्ष सकारात्मक नभएको उनले बताए ।


परियारले आजै कांग्रेसले पदाधिकारी र पुर्व पदाधिकारीहरुबीच छलफल गर्ने बताए ।

कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने भन्ने विषयमा विवाद रहेको छ । सत्ता पक्ष नाम उल्लेख नगर्ने पक्षमा छन् भने कांग्रेसले नाम उल्लेख गरेरै छानबिन गर्नुपर्ने अडान लिदै आएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, नेता ज्ञानेन्द्रबहादुर कार्की, सहमहामन्त्री जीवन परियार सहभागी छन् भने एमालेबाट कानुनमन्त्री पदम गिरी, कार्यदल सदस्य महेश बर्तौला सहभागी छन् । त्यस्तै माओवादी केन्द्रबाट अर्थमन्त्री वर्षमान पुन र प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् भने रास्वपाबाट सभापति तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली