कार्तिक १० पर्वत ।नमुना स्टुडेण्ट वेलफेयर क्लवद्धारा पर्वतमा पश्चिमाञ्चल स्तरिय नमुना क्रिकेट कप २०७३ को शुरु भएको छ ।  शसस्त्र प्रहरी बल चण्डीका गणको खेल मैदानमा शुरु भएको खेलको गणपती एस.पि. सुदर्शन   सिलवालले उद्घाटन गरे ।
    कार्यक्रमको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक १० पर्वत ।नमुना स्टुडेण्ट वेलफेयर क्लवद्धारा पर्वतमा पश्चिमाञ्चल स्तरिय नमुना क्रिकेट कप २०७३ को शुरु भएको छ ।  शसस्त्र प्रहरी बल चण्डीका गणको खेल मैदानमा शुरु भएको खेलको गणपती एस.पि. सुदर्शन   सिलवालले उद्घाटन गरे ।
    कार्यक्रमको "/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पश्चिमाञ्चल स्तरीय क्रिकेट प्रतियोगिता शुरु, १६ टिम सहभागी

१० कार्तिक २०७३, बुधबार ०३:०४

कार्तिक १० पर्वत ।नमुना स्टुडेण्ट वेलफेयर क्लवद्धारा पर्वतमा पश्चिमाञ्चल स्तरिय नमुना क्रिकेट कप २०७३ को शुरु भएको छ ।  शसस्त्र प्रहरी बल चण्डीका गणको खेल मैदानमा शुरु भएको खेलको गणपती एस.पि. सुदर्शन   सिलवालले उद्घाटन गरे ।
    कार्यक्रमको बोल्दै गणपती सिलवालले खेलकुदले मानिसको अतिरिक्त क्षमता बिकास गर्ने बताए । उनले खेलको माध्यमबाट अनुशासन र व्यक्तित्व विकासका साथै विद्यार्थीहरुमा आफ्नो जिम्मेवारी बोध र लगनशीलता जगाउने बताए । उनले खेलको माध्यमबाट  विद्यार्थीहरुको आत्मानुशानको मुल्याङकन हुनुका साथै नेतृत्वको विकास गर्ने भएकोले खेल अपिहार्य रहेको उनको भनाई थियो ।
पर्वतमा हालसम्मकै सबै भन्दा ठुलो धनराशीको रहेको क्रिकेट प्रतियोगितामा १६ टिमले भाग लिएको आयोजक संस्था नमुना स्टुडेण्ट वेलफेयर क्लवका सदस्य सुवास गिरीले बताए ।मंगलबार देखि शुरु भएको प्रतियोगिता कार्तिक १३ गते सम्म चल्नेछ ।
 उद्घाटन कार्यक्रममा   प्याव्सन पर्वतका अध्यक्ष हिम बहादुर पौडेल, नमुना आवासिय उच्च माबिका प्रिन्सीपल ईन्द्रमान खत्री, लगायतले  विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका साथै एकताको लागि खेलको माध्यमबाट सन्देश दिन खोजेको बताए ।
नमुना स्टुडेण्ट वेलफेयर क्लवका अध्यक्ष अर्पण केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत सचिव धनराज सुवेदी र संचालन क्लवकी सदस्य   सरिता अधिकारीले गरेकी थिईन । खेलमा विजेता हुनेले २६ हजार ६ सय ६६ र उपविजेताले १३ हजार ३ सय ३३ नगद पाउने छ । खेल १५ ओभरको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान