२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

फूलपातीमा ‘छक्का पञ्जा ५’, दीपकसँग वर्षाको जोडी बाँधिने

२०८१, १७ जेष्ठ बिहीबार ०८:५८

जेठ १७, काठमाडौँ । सफल फ्रेन्चाइज ‘छक्का पञ्जा’को अब पाँचौं श्रृंखला निर्माण हुने भएको छ । बिहीबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी दशैंको फूलपाती अर्थात् असोज २४ गतेलाई फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । बिहीबारबाट छायांकन सुरु हुन लागेको फिल्मलाई दीपाश्री निरौलाको निर्देशन गर्ने भएकी छन् । ‘छक्का पञ्जा ४’लाई भने हेमराज विसीले निर्देशन गरेका थिए ।


यसपटक ‘छक्का पञ्जा’ फ्रेन्चाइजमा अभिनेत्री वर्षा सिवाकोटीको प्रवेश भएको छ । सार्वजनिक पोस्टरमा उनी सिंहासनमा बसेकी छन् । उनको पहिरनले नवविवाहित दुलहीको संकेत गर्छ । उनको छेवैमा दीपकराज गिरी कोर्ट-पाइन्टमा ठाटिएर देखिएका छन् । केदार घिमिरे (माग्ने बुढा) अनुचर (सेवक)को भूमिकामा छन् । उनी वर्षालाई राजकीय शैलीको छाता ओढाइहेको अवस्थामा चित्रित छन् ।

आमा सरस्वती मुभिज र आईएमआईको प्रस्तुतिमा बन्न लागेको फिल्मको बिहीबार बिहान भक्तपुरस्थित सूर्यविनायक मन्दिरमा मुहूर्त गरिएको छ । अब छायांकनका लागि फिल्मको टिम काभ्रेको पाँचखाल प्रस्थान गर्नेछ । काभ्रेपछि पोखरामा छायांकन हुनेछ । फिल्मको छायांकन सेड्युल ४५ दिनको राखिएको छ । फिल्मले यसपटक सामाजिक विषय उठाउन लागेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप