९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ट्राफिक नियम मिच्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णयविरुद्ध सर्वोच्चमा रिट

१८ जेष्ठ २०८१, शुक्रबार १०:१४

जेठ १८, काठमाडौँ । ट्राफिक नियम मिच्ने सवारी चालकलाई स्वयंसेवक ट्राफिकका रुपमा सडकमा खटाउने गृहमन्त्रीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

बझाङको थलरा गाउँपालिका १ सिम्तोला बस्ने २२ वर्षीय कृष्ण विकसहित ६ जनाले रिट दायर गरेका हुन्।


उनीहरुले रिटमा गृह मन्त्रालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखा र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाएका छन्।

उनीहरूले सरकारको निर्णय प्राकृतिक न्यायको सिद्धान्त विपरीत र संविधानले अवलम्बन गरेका सिद्धान्त एवं मौलिक हकको हनन भएको रिटमा उल्लेख गरेका छन्। 

यस्तो कार्य तत्काल नरोकिए नागरिक अधिकार तथा स्वयंसेवकका रुपमा तालिम प्राप्त नभइ खटिएका व्यक्तिहरूको भविष्यमा पर्ने खतरासमेत प्रहरी प्रशासनबाट भएको हुँदा सो कार्य नगर्नु नगराउनु भनी विपक्षीहरुका नाममा उत्प्रेषणसहितको अन्तरिम आदेशको माग रिटमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु