२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संसदमा पहिलो सम्बोधनमा सुहाङले के भने ?

२०८१, २२ जेष्ठ मंगलवार १२:४५

जेठ २२, काठमाडौं । गत वैशाख १५ गते भएको प्रतिनिधि सभाको उपनिर्वाचनमा इलाम २ बाट निर्वाचित सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संसद्मो पहिलो सम्बोधन गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा पहिलो पटक सुहाङले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा केही भावुक देखिएका सुहाङले अझैपनि आफूलाई स्वर्गीय बावु सुवासचन्द्र नेम्वाङलाई सदनको कुनै कुनामा देखिरहेको बताए । नेम्वाङको निधनपछि एमालेले उनकै छोरा सुहाङलाई उम्मेदावर बनाएर उनले जित हासिल गरेका थिए ।

पहिलो सम्बोधनमा सुहाङले के के भने ?

आज म पहिलो पटक यस सम्मानीत सदनको रोष्ट्रममा उभिएर बोलिरहेको छु । आज म आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिन उपस्थित भएको हुँ । तर, मलाई आज अलिकति बजेटभन्दा बाहिरको विषयमा पनि बोल्ने छुट छ भन्ने लाग्छ । सबैभन्दा पहिला आदरणीय सहीदहरु रत्नकुमार वान्तवा, वम वान्तवा लगायतका ज्ञात अज्ञात सहीदहरुमा भावपूर्ण श्रदाञ्जली अर्पण गर्न चाहान्छु । आज म इलामेलीवासीहरुको कारणले उभिन पाएको छु ।मलाई विजयी गराएर पठाउनुहुने इलाम, देउमाई, माई, चुलाचुली, फाक्फेथुङ, माङ्सेवुङका अति आदरणीय मतदाताप्रति आभार प्रकट गर्दछु । सम्माननीय सभामुख महोदय भदौं २६ को अप्रिय घटनापछि वैशाख १५ गतेको उपनिर्वाचन पश्चात म यहाँ उपनिर्वाचनमार्फत पहिलो पटक संसद्मा उभिएको छु ।

मलाई लागिरहेको छ । आज पनि बुवा यहिँ कतै उभिरहनु भएको छ । उहाँप्रति पनि भावपूर्ण श्रदाञ्जली अर्पण गर्दछु । हामी सबैलाई थाहाछ । बुवा सुवासचन्द्र नेम्वाङ लोकतन्त्रका अटल हिमायती हुनुहुन्थ्यो । विचारको विविधता, वहुदलीय प्रतिस्पर्धा र स्वस्थ वहसलाई सम्मान गर्नुहुन्थ्यो । मुलुक एकजुट भएमा समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ भन्नेमा उहँ दृढ हुनुहुन्थ्यो ।

सबै भाषाभाषी, धर्म, संस्कृति र जातजातीप्रति समान आस्था र सहअस्तित्व र आपसी एकता तथा मेलमिलापले मात्र राष्ट्रिय एकता बलियो हुन्छ भन्नेमा मान्यता राख्नुहुन्थ्यो । म उहाँले देखाउनु भएको यहि मागदर्शनलाई शीरमा राखेर काम गर्ने संकल्प व्यक्त गर्दछु । मेरो हात समाएर अब युवा तयार हुनुपर्छ भनेर इलामेली जनताको न्यानो काखमा पठाउनुहुने हाम्रो पार्टीका श्रद्धय अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाचद दिन चाहान्छु । कृतज्ञता व्यक्त गर्दछु । त्यसैगरि मलाई चुनावमा सहयोग गर्नुहुने सत्ता गठबन्धनका दलहरु नेकपा माओवादी केन्द्र, नेकपा र नेपाल परिवार दलका आदरणीय नेताहरुप्रति पनि धन्यवाद व्यक्त गर्दछु ।

सम्माननीय सभामुख महोदय बजेटबारे बजेटको सन्दर्भमा हाम्रो अग्रजहरुले राख्नु भएको राय र सुझावलाई समर्थन गर्दछु । मलाई लाग्दछ । बजेटको बलियो पक्ष । कमजोर पक्ष दुवै हुन्छ । उज्यालो सँगसँगै छायाँ पनि हुन्छ । उज्यालो पाटोलाई बोकेर छुटेकालाई समेट्नेतर्फ हाम्रो वहसलाई केन्द्रीत गर्नुपर्छ । बजेट भनेको देशको एक आर्थिक वर्षको आय र व्ययको समग्रता हो । एक वर्षको योजना र कार्यक्रम हो । सरकारको घोषणापत्र पनि हो । तसर्थ बजेट एउटा यर्थाथमा आधारित पनि हुनुपर्छ । अर्थमन्त्रीज्यूले यर्थाथलाई ध्यानमा राखेर बजेट बनाउने प्रयास गर्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहान्छु । समयको कारण बजेटको समग्रताबारे बोल्ने छुट मलाई छैन् । त्यसैले संक्षिप्तमा आफ्नो भनाईं राख्दैछु ।

म नयाँ सांसद हुँ । जनताहरुको हामीप्रतिको आशा भरोसा र विश्वास मसँग आलो छ । जनताहरुको आशा, अपेक्षा र माग तथा आक्रोश भर्खरै सुनेर आएको छु । दोस्रो कुरा म युवा पनि हुँ । युवाहरुको परिवर्तन र हुटहुटीको समस्यालाई नजिकबाट छामेको छु । जनताहरुको ती आशा, अपेक्षा र मागको सम्बोधनका लागि बजेट प्रर्याप्त छ कि छैन् भन्नेकुरा ठूलो प्रश्न छ ।यस वर्षको मात्र होईन् । हरेक वर्षको बजेट सुन्दा मलाई लाग्छ । आम जनताहरुलाई लाग्ने गरेको छ । अब देश बन्छ, बन्छ । तर फेरि एक वर्षपछि परिणाम हेर्दैगर्दा उहिँ घुमीफिरी रुम्जाटारजस्तै हुन्छ । त्यहि कारणले गर्दाखेरी यति अग्रज र अनुभवी माननीयज्यू हरुको अगाडि उभिएर बोलिरहँदाखेरि म सम्माननीय सभामुख महोदयमार्फत सोध्न चाहान्छु ।

हाम्रो यात्राको तयारीमा समस्या कहाँ छ ? । किन हामी विकासको हिसावले जहाँको त्यहिँ छौं ? । कार्यान्वयनको समस्या कहाँ कहाँ छ ? । हाम्रो विकास र समृद्धिको बाधक को हो ? समृद्धिका बाटोमा किन पटक पटक काडा भेटिन्छन् ? । समृद्धिका यात्रामा अघि बढेका पाईलामा किन घरिघरी घाउचोटमात्रै लाग्छ । बाटोको अवरोध पन्छाउनतर्फ हाम्रो ध्यान जानुपर्ने हो कि ? । समस्या भ्रष्टाचार हो कि संरचनागत त्रुटी ? अथवा राजनीतिक अस्थिरता हो ? । हामीले आफैले आफैलाई प्रश्न गर्ने बेला आएको छ । सम्माननीय सभामुख महोदय हामीसँग के छैन ? प्राकृतिक हिसावले सम्पन्न छौं । जनता परिवर्तनको तीव्र आकांक्षामा मात्र होईन् । गहिरो प्रतिवद्धतामा छन् । देशले यसवा काल बाचिरहेको छ । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प पनि छ । संविधान छ । अन्तराष्ट्रिय प्रतिवद्धता छ । आवधिक योजना र रणनीति पनि छ । कार्यान्वयनका लागि संरचना पनि छ । तर, हाम्रो यात्रा किन अघि बढिरहेको छैन ? । तल जनताले योजना मागिरहनुहुन्छ । शामी एउटा प्रण गछौं । बजेट पनि आउछ । तर, गुणस्तरिय काम भईरहेको हुँदैन । समस्या सुशासनको हो कि ? । यसतर्फ विमर्सका लागि अपील गर्दै फेरिपनि बजेटलाई समर्थन । शुभकामना दिँदै म मेरो मन्तव्य टुंग्याउन चाहान्छु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित