५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संसदमा पहिलो सम्बोधनमा सुहाङले के भने ?

२२ जेष्ठ २०८१, मंगलवार १२:४५

जेठ २२, काठमाडौं । गत वैशाख १५ गते भएको प्रतिनिधि सभाको उपनिर्वाचनमा इलाम २ बाट निर्वाचित सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संसद्मो पहिलो सम्बोधन गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा पहिलो पटक सुहाङले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा केही भावुक देखिएका सुहाङले अझैपनि आफूलाई स्वर्गीय बावु सुवासचन्द्र नेम्वाङलाई सदनको कुनै कुनामा देखिरहेको बताए । नेम्वाङको निधनपछि एमालेले उनकै छोरा सुहाङलाई उम्मेदावर बनाएर उनले जित हासिल गरेका थिए ।

पहिलो सम्बोधनमा सुहाङले के के भने ?

आज म पहिलो पटक यस सम्मानीत सदनको रोष्ट्रममा उभिएर बोलिरहेको छु । आज म आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिन उपस्थित भएको हुँ । तर, मलाई आज अलिकति बजेटभन्दा बाहिरको विषयमा पनि बोल्ने छुट छ भन्ने लाग्छ । सबैभन्दा पहिला आदरणीय सहीदहरु रत्नकुमार वान्तवा, वम वान्तवा लगायतका ज्ञात अज्ञात सहीदहरुमा भावपूर्ण श्रदाञ्जली अर्पण गर्न चाहान्छु । आज म इलामेलीवासीहरुको कारणले उभिन पाएको छु ।मलाई विजयी गराएर पठाउनुहुने इलाम, देउमाई, माई, चुलाचुली, फाक्फेथुङ, माङ्सेवुङका अति आदरणीय मतदाताप्रति आभार प्रकट गर्दछु । सम्माननीय सभामुख महोदय भदौं २६ को अप्रिय घटनापछि वैशाख १५ गतेको उपनिर्वाचन पश्चात म यहाँ उपनिर्वाचनमार्फत पहिलो पटक संसद्मा उभिएको छु ।

मलाई लागिरहेको छ । आज पनि बुवा यहिँ कतै उभिरहनु भएको छ । उहाँप्रति पनि भावपूर्ण श्रदाञ्जली अर्पण गर्दछु । हामी सबैलाई थाहाछ । बुवा सुवासचन्द्र नेम्वाङ लोकतन्त्रका अटल हिमायती हुनुहुन्थ्यो । विचारको विविधता, वहुदलीय प्रतिस्पर्धा र स्वस्थ वहसलाई सम्मान गर्नुहुन्थ्यो । मुलुक एकजुट भएमा समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ भन्नेमा उहँ दृढ हुनुहुन्थ्यो ।

सबै भाषाभाषी, धर्म, संस्कृति र जातजातीप्रति समान आस्था र सहअस्तित्व र आपसी एकता तथा मेलमिलापले मात्र राष्ट्रिय एकता बलियो हुन्छ भन्नेमा मान्यता राख्नुहुन्थ्यो । म उहाँले देखाउनु भएको यहि मागदर्शनलाई शीरमा राखेर काम गर्ने संकल्प व्यक्त गर्दछु । मेरो हात समाएर अब युवा तयार हुनुपर्छ भनेर इलामेली जनताको न्यानो काखमा पठाउनुहुने हाम्रो पार्टीका श्रद्धय अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाचद दिन चाहान्छु । कृतज्ञता व्यक्त गर्दछु । त्यसैगरि मलाई चुनावमा सहयोग गर्नुहुने सत्ता गठबन्धनका दलहरु नेकपा माओवादी केन्द्र, नेकपा र नेपाल परिवार दलका आदरणीय नेताहरुप्रति पनि धन्यवाद व्यक्त गर्दछु ।

सम्माननीय सभामुख महोदय बजेटबारे बजेटको सन्दर्भमा हाम्रो अग्रजहरुले राख्नु भएको राय र सुझावलाई समर्थन गर्दछु । मलाई लाग्दछ । बजेटको बलियो पक्ष । कमजोर पक्ष दुवै हुन्छ । उज्यालो सँगसँगै छायाँ पनि हुन्छ । उज्यालो पाटोलाई बोकेर छुटेकालाई समेट्नेतर्फ हाम्रो वहसलाई केन्द्रीत गर्नुपर्छ । बजेट भनेको देशको एक आर्थिक वर्षको आय र व्ययको समग्रता हो । एक वर्षको योजना र कार्यक्रम हो । सरकारको घोषणापत्र पनि हो । तसर्थ बजेट एउटा यर्थाथमा आधारित पनि हुनुपर्छ । अर्थमन्त्रीज्यूले यर्थाथलाई ध्यानमा राखेर बजेट बनाउने प्रयास गर्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहान्छु । समयको कारण बजेटको समग्रताबारे बोल्ने छुट मलाई छैन् । त्यसैले संक्षिप्तमा आफ्नो भनाईं राख्दैछु ।

म नयाँ सांसद हुँ । जनताहरुको हामीप्रतिको आशा भरोसा र विश्वास मसँग आलो छ । जनताहरुको आशा, अपेक्षा र माग तथा आक्रोश भर्खरै सुनेर आएको छु । दोस्रो कुरा म युवा पनि हुँ । युवाहरुको परिवर्तन र हुटहुटीको समस्यालाई नजिकबाट छामेको छु । जनताहरुको ती आशा, अपेक्षा र मागको सम्बोधनका लागि बजेट प्रर्याप्त छ कि छैन् भन्नेकुरा ठूलो प्रश्न छ ।यस वर्षको मात्र होईन् । हरेक वर्षको बजेट सुन्दा मलाई लाग्छ । आम जनताहरुलाई लाग्ने गरेको छ । अब देश बन्छ, बन्छ । तर फेरि एक वर्षपछि परिणाम हेर्दैगर्दा उहिँ घुमीफिरी रुम्जाटारजस्तै हुन्छ । त्यहि कारणले गर्दाखेरी यति अग्रज र अनुभवी माननीयज्यू हरुको अगाडि उभिएर बोलिरहँदाखेरि म सम्माननीय सभामुख महोदयमार्फत सोध्न चाहान्छु ।

हाम्रो यात्राको तयारीमा समस्या कहाँ छ ? । किन हामी विकासको हिसावले जहाँको त्यहिँ छौं ? । कार्यान्वयनको समस्या कहाँ कहाँ छ ? । हाम्रो विकास र समृद्धिको बाधक को हो ? समृद्धिका बाटोमा किन पटक पटक काडा भेटिन्छन् ? । समृद्धिका यात्रामा अघि बढेका पाईलामा किन घरिघरी घाउचोटमात्रै लाग्छ । बाटोको अवरोध पन्छाउनतर्फ हाम्रो ध्यान जानुपर्ने हो कि ? । समस्या भ्रष्टाचार हो कि संरचनागत त्रुटी ? अथवा राजनीतिक अस्थिरता हो ? । हामीले आफैले आफैलाई प्रश्न गर्ने बेला आएको छ । सम्माननीय सभामुख महोदय हामीसँग के छैन ? प्राकृतिक हिसावले सम्पन्न छौं । जनता परिवर्तनको तीव्र आकांक्षामा मात्र होईन् । गहिरो प्रतिवद्धतामा छन् । देशले यसवा काल बाचिरहेको छ । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प पनि छ । संविधान छ । अन्तराष्ट्रिय प्रतिवद्धता छ । आवधिक योजना र रणनीति पनि छ । कार्यान्वयनका लागि संरचना पनि छ । तर, हाम्रो यात्रा किन अघि बढिरहेको छैन ? । तल जनताले योजना मागिरहनुहुन्छ । शामी एउटा प्रण गछौं । बजेट पनि आउछ । तर, गुणस्तरिय काम भईरहेको हुँदैन । समस्या सुशासनको हो कि ? । यसतर्फ विमर्सका लागि अपील गर्दै फेरिपनि बजेटलाई समर्थन । शुभकामना दिँदै म मेरो मन्तव्य टुंग्याउन चाहान्छु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा रेमो डिसूजा, उनकी पत्नी सहित अन्य पाँच जनामाथि ठगीको उजुरी