२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

काठमाडौँ महानगरलाई वेष्ट एजुकेसन अवार्ड अन्तर्गत सर्वोत्कृष्ट पालिका अवार्ड गरे प्राप्त

२७ जेष्ठ २०८१, आईतवार ०६:२२

जेठ २७, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज ‘वेष्ट एजुकेसन अवार्ड’ मा ‘सर्वोत्कृष्ट पालिका अवार्ड’ प्राप्त गरेको छ । सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको संस्था ‘प्रिन्सिपल एशोसिएसन अफ नेपाल – पान’ ले राष्ट्रिय सम्मेलनको अवसरमा आज वागमती प्रदेशको उत्कृष्ट पालिका अवार्ड प्रदान गरेको हो ।

मूल्याङ्कनका लागि राखिएका, शिक्षा क्षेत्रमा गरेको लगानी, निःशुल्क र समावेशी शिक्षाको पहल, दीर्घकालीन योजना, असल अभ्यास, प्राविधिक धार सञ्चालन, स्थानीय पाठ््यक्रम÷सूचना तथा प्रविधि र सुशासन जस्ता सूचकमा गरिएको मूल्याङ्कमा वागमती प्रदेशबाट महानगरपालिकाले अवार्ड प्राप्त गरेको हो । यससँगै यस प्रदेशबाट चितवनको नारायणी माध्यमिक विद्यालयले उत्कृष्ट विद्यालय र काभ्रेपलाञ्चोकको जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रदिप पराजुलीले उत्कृष्ट प्रधानाध्यापक अवार्ड प्राप्त गर्नुभयो । पानले हरेक प्रदेशबाट १÷१ जना प्रधानाध्यापक, १÷१ वटा विद्यालय र १ १ वटा पालिकालाई अवार्ड प्रदान गरेको हो । 

राजधानीमा आयोजना गरिएको कार्यक्रममा उपसभामुख इन्दिरा राना मगर र पानका अध्यक्ष सुदामप्रसाद गौत्तमले अवार्ड प्रदान गरेका थिए । उक्त अवार्ड सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले अवार्ड ग्रहण गरेका थिए । 

अवार्ड प्राप्त गरिसकेपछिको संक्षिप्त प्रतिक्रियामा इञ्जिनियर झाले भने, ‘यसले महानगरपालिकालाई थप जिम्मेवारी र दायित्व थपेको छ । यी दायित्व र जिम्मेवारीहरुलाई महानगरपालिकाले पूरा गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ