2026-07-07 11:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रतिनिधिसभाको बैठक बस्दै, मन्त्रालयगत छलफल शुरु हुदै

जेठ २९, काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको 

बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफल शुरु हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको विभिन्न शिर्षकमाथि छलफल हुने तालिका रहेको छ ।

त्यस्तै आज विनियोजन विधेयक अन्तर्गत विभिन्न सांसदहरुले राखेका पाँच खर्च घाउने प्रस्ताव समेत पेश हुने तालिका रहेको छ ।

जुन यस प्रकार छन्-   

१- सांसद प्रेम सुवालले 'विनियोजन विधेयक, २०८१ अन्र्तगत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

२- सांसद डा. अमरेश कुमार सिंहले 'विनियोजन विधेयक, २०८१ अन्र्तगत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

३- सांसद पुष्पबहादुर शाहले 'विनियोजन विधेयक, २०८१ अन्र्तगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

४- सांसद बद्रीप्रसाद पाण्डेले “विनियोजन विधेयक, २०८१ अन्र्तगत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

५- सांसद रमा कोइराला पौड्यालले 'विनियोजन विधेयक, २०८१ अन्र्तगत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

६- सांसद संजय कुमार गौतमले 'विनियोजन विधेयक, २०८१ अन्र्तगत कृषि तथा पशुपंक्षी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने