कात्तिक १०, पोखरा । काठमाण्डौंबाट पोखरा आउदै गरेको रात्रीवसबाटै गएराति २५ तोला बराबरको सुनका गहना चोरी भएको छ । 

पोखरा १३, कोलपाटनचोककी ५५ बर्षीया"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १०, पोखरा । काठमाण्डौंबाट पोखरा आउदै गरेको रात्रीवसबाटै गएराति २५ तोला बराबरको सुनका गहना चोरी भएको छ । 

पोखरा १३, कोलपाटनचोककी ५५ बर्षीया"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा आउँदै गरेको रात्रीवसबाट गएराति २५ तोला बराबरको सुनका गहना चोरी

१० कार्तिक २०७३, बुधबार १२:४१

कात्तिक १०, पोखरा । काठमाण्डौंबाट पोखरा आउदै गरेको रात्रीवसबाटै गएराति २५ तोला बराबरको सुनका गहना चोरी भएको छ । 

पोखरा १३, कोलपाटनचोककी ५५ बर्षीया देउता कुमारी गुरुङको २५ तोला बराबरको सुनका गहना मध्यराती साँढे १२ बजे मुग्लीनबाट वस रोकेको अबस्थामा चोरी भएको हो । उनका श्रीमान् बुद्धी बहादुर गुरुङका अनुसार झोलामा सिरानी गरेर राखेको उक्त सुन चोरी भएको हो ।

ना ४ ख ३६९३ नम्वरको रात्री वसमा श्रीमान श्रीमती सहित पोखरा आउदै गर्दा मुग्लीनमा वस आराम गर्न रोकेको अबस्थामा नाटकीय ढंगबाट चोरी भएको गुरुङले बताए ।

उनका अनुसार वसमा चालक र सहचालक बाहेक ३ जना मात्र यात्रु रहेका थिए । मुग्लिङमा करीब राति १२: २० मा वस रोकेपछि चालक र सहचालक चिया खान झरेको र उनीहरु झरेको करीब १० मिनेट पछि दुई जना व्यक्तिहरु गाडीमा आएर यो गाडी कहाँ जाने हो भन्दै भित्र पसेका थिए । 

एक छिन वसेर बाहिर निस्केका थिए । फेरि एक छिन पछि पुनः अर्को एक अग्लो कदको रातो कमिज र चप्पल लगाएको व्यत्ति वस भित्र छिरेर यो गाडी कहाँ सम्म जाने हो भन्दै भित्र एक छिन वसेर निस्किएका थिए । एक छिन पछि आउनु पर्ला भन्दै झरेका ब्यक्ति नआएपछि करीब १० मिनेटमा देउता कुमारीले सिरानीमा राखेको झोला हराएको थाहा पाएका थिए ।

गाडी रोकेको अबस्थामा पहिला दुई जना चढेर झरे पछि बुद्धिबहादुरले गाडीको ढोका लगाएर भित्र वसेको अबस्थामा एक छिन पछि अर्को व्यक्ति गाडीमा आफै ढोका खोलेर छिरेको बताए ।

गाडी खाली खाली भएको हुनाले आफुहरु छुट्टा छुट्टै सिटमा सुत्ने ढंगले दुई÷दुई सिट रिर्जव गरी आएको अबस्थामा बी साईडको ३ र ४ सिटमा देउता कुमारी वसेकी थिईन भने उनका श्रीमान अर्को सिटमा बसेका थिए । सहचालक बिष्णु पौडेललाई मुग्लीन प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ भने उक्त वस पोखरा आएको छ ।

राया ८ तोला, पैसा वाला औठी १ तोला, वेरुवा औठी १ तोला, काना लगाउने चारलीङ टप ३ तोला, ज्वली १ तोला, नौ गेडी तिन तोला, तिलौरी १ तोला, सिक्री ४ तोला, वच्चाले लगाउने रिङ आधा तोला गरी साँढे २५ तोला सुनका गरगहन चोरी भएको उनकी छोरी शिला गुरुङले बताइन् ।

वेलायतबाट आएका आमा बाबु काठमाण्डौंबाट पोखरा रात्रि  वसमा आउदा चोरी भएको घटनाले गर्दा केहि वेर आमा अचेत अबस्थामा पुगेको उनले बताईन । साथै आमाको झोलामा रहेको १२ हजार नगद सहित ३ वटा लेडिज घडी र एउटा जेन्स घडी समेत चोरी भएको उनले बताईन । 

यस बिषयमा प्रहरीलाई सोध्दा ७५ जिल्लाबाट आउने ठाँउमा चोरी भएको भन्दै अनुसन्धान भई रहेको एक प्रहरी अधिकारीले बताए । पृग्वीराजमार्ग वस संचालक समितिद्धारा संचालित उत्त वसबाट सुन चोरी भएको घटनालाई आफुले समेत बढी निगरानी गर्ने समितिका महासचिव योगेन्द्र केसीले बताए । -पत्रकार दिनानाथ बरालको सहयोगमा


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो