2026-07-07 09:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ओलीले प्रश्न- देशलाई विकासतर्फ अगाडि बढाउन सरकारमा गयौँ, त्यही नभएपछि सन्तोष कसरी मान्ने ?

असार १, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको बताएका छन् । 

 संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । एमाले देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न सरकारमा गएको उनले बताए । तर, विकास नै नभएपछि सन्तोष जनाउने ठाउँ नरहेको र एकदुईजनाको मुख हेरेर सरकारमा छँदै छौँ भनेर नहुने उनको भनाइ थियो ।

ओलीले भने 'बजेटको सन्दर्भमा भएको कति ठिक, कति बेठिक त्यो अलि छलफल गर्नुपर्ने हुन्छ । एकदुईजनाको मुख हेरेर हामी सरकारमा छाँै भनेर गरिबीतिर गए पनि के भयो र हामी सरकारमा छँदै छौँ भनेर हुन्छ ? हामी सरकारमा किन भएको भन्दा देशलाई गरिबीतिर जानबाट रोकेर विकासतर्फ अगाडि बढाउनका लागि सरकारमा गएको हो । त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने ? 

उनले एमालेले चलाइरहेको मन्त्रालयको स्थिति हेर्न, बजेट विनियोजन कस्तो छ भन्ने विषयको समीक्षा गर्न समेत आग्रह गरे । उनले स्वार्थका थैला भर्न अशिष्टता, असभ्यता, अमर्यादा, अलोकतान्त्रिक तरिका अवलम्बन गर्ने काममा एमाले नलाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने