असार २, काठमाडौं । संघीय संसद्अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ।
बैठक बिहान ८ बजे सिंहदरबारमा बस्ने भएको हो। बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयकका विषयमा छलफल गर्ने कार्यसूची छ।
यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने छ। बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि प्रेस काउन्सिलसँग छलफल गर्ने कार्यसूची छ।