असार ३, काठमाडौँ | जारी आईसिसी टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग २१ रनले पराजित हुन पुगेको छ ।
१ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक २७ रन बनाए भने दीपेन्द्रसिंह ऐरी २५ र आसिफ शेखले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा अलआउट हुदै १ सय ६ रन बनाएको थियो ।
बंगलादेशका लागि सकिब अल हसनले सर्वाधिक १७ रन बनाएका थिए | महमुदुल्लाह र रिसाद होसैनले १३–१३ रन जोडेका थिए |
नेपाली टोलीका लागि बलर सोमपाल कामी, सन्दीप लामिछाने, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए ।