असार ३, काठमाडौँ । नेदरल्याण्डसले युरोकपमा विजयी शुरुवात गरेको छ । समुह डी अन्तर्गतको खेलमा आइतबार राति सम्पन्न खेलमा नेदरल्याण्डसले पोल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
१-० गोलले पछि परेको नेदरल्याण्डसले खेलमा कमब्याक गर्दै जित हासिल गरेको छ । नेदरल्याण्डसको जितमा कोडी गाक्पो र वोउट वेघोर्स्टले एक एक गोल गरेका थिए । यस अघि एडम बुकसाको गोलमा पोल्याण्डले शुरुवाती अग्रता लिएको थियो ।
यो जितपछि नेदरल्याण्डसले समुह डी मा महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।
अब नेदरल्याण्डसले अर्को खेल जुन २२ मा फ्रान्ससँग खेल्ने तालिका छ भने पोल्याण्डले जुन २१ मा अस्ट्रियासँग खेल्ने छ ।