२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

युरोकपमा आज २ खेल, अर्को इतिहास बनाउँदै रोनाल्डो

२०८१, ४ असार मंगलवार ०९:५४

असार ४, काठमाडौँ । युरोकपमा आज दुई खेल हुँदै छन्। ग्रुप एफमा रहेका टोलीहरुको पहिलो खेल हुन लागेको हो। 

यसअनुसार टर्कीले जर्जियाको सामना गर्दै छ भने पोर्चुगलले चेक रिपब्लिकसँग खेलेर युरोकपमा सुरुवात गर्दै छ। 

टर्की र जर्जियाको खेल नेपाली समयअनुसार मंगलबार राति पौने १० बजे र पोर्चुगल र चेक रिपब्लिकबीचको खेल राति पौने १ बजे हुनेछ।  

टर्की र जर्जियाका पछिल्ला ५ खेलमध्ये ३ खेल टर्कीले जितेको छ। 


यता चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो प्रेरित पोर्चुगल र चेक रिपब्लिकबीच युरोकपमा सन् १९९६ यता यो चौथो भेट हुनेछ। 

त्यसबेला पोर्चुगलमाथि हावी भएको चेक सन् २००८ मा ३–१ ले र २०१२ मा १–०ले पराजित भएको थियो। दुवैपटक रोनाल्डोले गोल गरेका थिए।

रोनाल्डोले यो खेल खेल्दा छ पटक युरोकपमा खेल्ने पहिलो खेलाडी बन्नेछन्। 

युरो २०२४ मा रोनाल्डोले के-के रेकर्ड तोड्न सक्छन्?

तर रोनाल्डोले अहिलेसम्म सबै कीर्तिमान भने राखेका छैनन् । सन् १९८० पछि सबैभन्दा धेरै गोलको अवसर सिर्जना गर्ने रेकर्ड पोर्चुगलका अर्का महान् खेलाडीको नाममा छ । 

लुइस फिगो ४२ वटा अवसर सिर्जना गर्दै सूचीको शीर्ष स्थानमा छन् । रोनाल्डो एक अङ्कले मात्रै पछाडि छन् भने जर्मनीका मेसुट ओजिल ४०, चेक रिपब्लिकका कारेल पोबोर्स्कीस ३९ र फ्रान्सका जिनेदिन जिदानले ३८ अवसर सिर्जना गरेको तथ्यांक छ ।

म्यानचेस्टर युनाइटेडका पूर्व विंगर पोबोर्स्कीले हाल रोनाल्डोसँग छ–छवटा एसिस्ट गर्ने कीर्तिमान बाँडेका छन् । चेल्सीका पूर्वखेलाडी इडन हाजार्ड र म्यानचेस्टर सिटी र बेल्जियमका मिडफिल्डर केभिन डी ब्रुयनाको पाँच-पाँचवटा एसिस्ट छन् । जर्मनीमा डी ब्रुयनाले यो सङ्ख्या बढाउन खोज्नेछन् ।

३९ वर्षको उमेरमा पनि रोनाल्डो पोर्चुगल टोलीका सबैभन्दा पाका खेलाडी होइनन्, यो सम्मान टोलीका साथी पेपेको हातमा छ।

४१ वर्षीय डिफेन्डरले गोल नगरेको अवस्थामा रोनाल्डो प्रतियोगिताको इतिहासमा सबैभन्दा पाको उमेरमा गोल गर्ने खेलाडी बन्न सक्छन् । उनले त्यो कीर्तिमान अस्ट्रियाका इभिका भास्टिक (जो सन् २००८ मा ३८ वर्ष २५७ दिनमा पोल्याण्डसँग १-१ को बराबरीमा गोल गरेका थिए) बाट खोस्न सक्छन्। 

युरोको फाइनलमा सबैभन्दा पाको उमेरको गोलकर्ताको रेकर्ड पनि रोनाल्डोले कब्जा गर्न सक्छन् । यो रेकर्ड हाल इटालीका लियोनार्डो बोनुचीको नाममा छ । तीन वर्षअघि इङ्गल्याण्डविरुद्ध बराबरी गर्दा उनी ३४ वर्षका थिए।

पोर्चुगलले २०१६ को सफलता दोहोर्‍याउँदा रोनाल्डो स्पेनका इकर कासिलास (२००८ र २०१२) पछि दुई युरो उपाधि जित्ने दोस्रो खेलाडी बन्नेछन्।

पोर्चुगल चेक गणतन्त्र, टर्की र जर्जियासँग समूह एफमा रहेको छ । पोर्चुगल विश्व वरीयतामा छैटौँ स्थानमा छ । सबै शीर्ष वरीयताहरू भएका टोलीहरुमध्ये पोर्चुगल सबैभन्दा सजिलो समूहमा छ । किनभने अन्य कुनै पनि प्रतिद्वन्द्वी शीर्ष २५ भित्र छैनन् । चेक गणतन्त्र ३६ औँ, टर्की ४० औँ र जर्जिया ७५ औँ स्थानमा छ ।

रोनाल्डो एक युरोमा पाँच वा सोभन्दा बढी गोल गर्ने नौ जना पुरुषमध्ये एक हुन् । उनले २०२१ मा पाँच गोल गरेका थिए । उनीभन्दा प्लाटिनी (१९८४ मा ९ गोल) र फ्रान्सका एन्टोइन ग्रिजम्यान (२०१६ मा ६ गोल)ले मात्रै बढी प्रभावशाली अभियान गरेका छन्।

पोर्चुगलका लागि २०६ खेलमा रोनाल्डोले अविश्वसनीय १२८ अन्तर्राष्ट्रिय गोलहरू गरेका छन् । उनले (पेनाल्टी सुटआउटसहित) ४७ फरक देशहरुविरुद्ध गोल गरिसकेका छन् ।

उनले चेक गणतन्त्रविरुद्ध दुई गोल गरेका छन् तर टर्की वा जर्जियाविरुद्ध गोल दर्ता गर्न बाँकी छ । त्यसैले प्रतियोगिताको अन्त्यमा, यदि पोर्चुगल नकआउट चरणमा पुग्यो भने उनले ५० देशहरूविरुद्ध गोल गर्न सक्छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो