2026-06-27 02:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भुक्तानी नदिएको भन्दै एम्बाप्पेले पिएसजीलाई पठाए नोटिस

असार ८, काठमाडौँ ।  किलीयन एम्बाप्पेले आफ्नो पुर्व क्लब पिएसजीले पुरा भुक्तानी नदिएको भन्दै नोटिस पठाएका छन् । 

मिडिया रिपोर्टका अनुसार एम्बाप्पेले आफुले पाउनुपर्ने पारिश्रमिक र बोनस गरि कुल १०७ मिलियन डलर नपाएको भन्दै पिएसजीलाई कानुनी नोटिस पठाएका हुन् । 

फ्रि-ट्रान्सफरमा रियल म्याड्रिड पुगेका एम्बाप्पेले पाउने यो रकमको विषयमा क्लबसँग विवाद रहेको थियो । एम्बाप्पे र क्लबबीच गत बर्ष फ्री ट्रान्सफरमा क्लब छोडेमा उनले केहि पारिश्रमिक र बोनस रकम छोड्ने सहमति भएको बताइएको छ । तर एम्बाप्पेले अहिले भने सो रकम आफुले पाउनुपर्ने दाबि गरेको फ्रेन्च मिडिया आउटलेट एल इक्विपले उल्लेख गरेको छ ।

यस अघि एम्बाप्पे र पिएसजीले यो विवाद आपसी समझदारीमा मिलाउने सहमति भएको बताइए पनि अहिलेसम्म नमिलेको देखिएको छ ।

हाल युरोकप खेलिरहेका एम्बाप्पेलाई रियल म्याड्रिडले युरोकप सकिनासाथ क्लबमा प्रस्तुत गर्ने तयारीमा रहेको छ । उनले रियल म्याड्रिडमा फ्री ट्रान्सफरमा गएपनि साइनिङ रकमको रुपमा सय मिलियन डलर भन्दा बढी रकम लिएको बताइएको छ ।     

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट