३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राजदूतको नाम सिफारिस गर्न रास्वपाले बनायो मापदण्ड

१० असार २०८१, सोमबार ०६:०६

असार १०, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीबाट राजदूतका नाम सिफारिस गर्न मापदण्ड बनाएको छ । सांसद शिशिर खनाल संयोजक रहेको र सांसद सोबिता गौतम र प्रा.डा अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले मापदण्ड निर्धारण गरेको हो ।

कार्यदलले मापदण्ड तय गरी सोमबार पार्टी सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई हस्तान्तरण गरेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिएका छन् ।

राजदुतका लागि पहिलो मापदण्डमा  नेपालको संविधान, प्रचलित काननू तथा राजदतू नियक्तिसम्बन्धी निर्दैशिकाले तोकेको व्यक्ति हुनुपर्ने रहेको छ । जसमा ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक, भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिनेगरी सेवाबाट बर्खास्त नभएको, विदेशी मुलुकको स्थायी/अस्थायी आवासीय अनुमति पत्र वा सुविधा प्राप्त नगरेको हुनुपर्नेछ।

त्यस्तै भ्रष्टाचार वा नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको, नियक्त हुने मुलुकमा कुनै प्रकारको हित बाझिने अवस्था नरहेको हुनुपर्नेछ । नियुक्ति हुँदाका बखत कुनै अन्तर्राष्ट्रिय वा विदेशी सहायताद्वारा सञ्चालित गैरसरकारी संस्थामा कार्यरतर्य नरहेको, कालोसूचीमा नपरेको, लाभको पद धारण गरी वा नगरी विदेशी राष्ट्रले नियक्त गरेको जिम्मेवारीमा कार्यरत व्यक्ति भए सोबाट अवकास लिएको १० वर्ष पूरा भएको हुनुपर्नेछ।

कूटनीतिक भूमिका वा अन्तर्राष्ट्रिय सम्बन्धमा उल्लेख्य अनुभव भएको हुनुपर्नेछ । अन्तर्राष्ट्रिय व्यापार र अर्थ शास्त्रको ज्ञान उपयोग प्रयोग गरी नेपालको व्यापारिक हित प्रवर्द्धन गर्न, लगानी आकर्षित गर्न र विकास वित्तको आर्थिक सहयोगलाई सहज उपलब्धतामा बनाउन मद्दत गर्न सक्ने हुनुपर्नेछ । 

राजदूत हुनका लागि राजनीतिक कुशाग्रता चाहिने मापदण्डमा उल्लेख छ । नेपालको आन्तरिक राजनीति, परराष्ट्रनीति, राष्ट्रिय सुरक्षा भू-राजनीति, र अन्तर्राष्ट्रिय सम्बन्धबारे गहन ज्ञान भएको, सम्बन्धित विषय र जिम्मेवारीको सन्दर्भमा स्पष्ट भिजन भएको, टिमलाई सफलतापूर्वक नेतृत्व गर्न सक्ने र आपतकालीन अवस्थालाई कुशलतापूर्वक कूटनीतिक क्षमताको प्रयोग गर्दै व्यवस्थापन गर्ने क्षमता भएको हुनुपर्ने उल्लेख छ । वार्तालाप तथा द्वन्द्व व्यवस्थापनमा विशिष्ट क्षमता भएको हुनुपर्ने मापदण्डमा उल्लेख गरेको छ।

कार्यदलले राजदुतको छनौट विधि समेत बनाएको छ । अन्तिम सूचीबाट आएका व्यक्तिहरुबाट योग्यता क्रमको आधारमा रास्वपा सचिवालयबाट अनुमोदन पश्चात नियुक्तिको सिफारिस गर्ने उल्लेख छ ।

यसैबीच रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रीय विभागले सर्वसाधारणबाट पनि राजदूतसम्बन्धि सुझाव मागेको छ । सर्वसाधारणले गुगलडक्समा फारम भरेर सुझाव दिन सक्नेछन् ।

सिफारिस गर्दा त्यस्ता व्यक्तिहरूको कूटनीतिक र नेतृत्व क्षमता, अन्तर्राष्ट्रिय सम्बन्धजस्ता विषयमा अध्ययन, अनुसन्धान, नैतिक चरित्र आदिको आधारमा गर्न रास्वपाले अनुरोध गरेको छ।

सरकारले हालै ११ देशमा रहेका राजदूत फिर्ता गरेको थियो । तीमध्ये गत शुक्रबार ८ देशका राजदूत सिफारिस गर्ने मन्त्रिपरिषदले निर्णय गरेको थियो । सत्ता गठबन्धनबीच भएको सहमतिमा रास्वपाले दुई जना राजदूत पाउने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली