९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपा महामन्त्रीको प्रतिवेदनः पुराना दलभन्दा बालेनसँग मिल्नु ठिक, नत्र पार्टी विवेकशीलजस्तो बन्छ

१२ असार २०८१, बुधबार ११:४३

असार १२,  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले ३२ पृष्ठ लामो प्रतिवेदन तयार पारेका छन् । दोस्रो उपनिर्वाचनपछि एक महिने यात्रामा निस्किएका महामन्त्री ढकालले ११ बुँदामा प्रतिवेदन तयार पारेका हुन् ।

उनले प्रतिवदेनमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग सत्तामा सम्झौता गर्नुभन्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग मिल्नु पार्टीका लागि हितकर रहेको निष्कर्षसहितको प्रतिवेदन आज साँझ ६ बजे पार्टी मुख्यालय, वनस्थली च:मतीमा पार्टी सभापति रवि लामिछानेलाई बुझाउँदैछन् ।

महामन्त्री ढकालले प्रतिवेदनमा अर्को आवधिक निर्वाचनअगावै बालेन शाह, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललगायतसँग सहमति-सहकार्यमा रहनुपर्ने उल्लेख गरेका छन् ।

३९ जिल्लाका नेता–कार्यकर्तासँगको समीक्षात्मक अन्तरक्रियापछि महामन्त्री ढकालले पुराना दलहरूसँग भन्दा स्वतन्त्रहरू सँगको सहकार्यलाई अगाडि बढाउनुपर्ने निचोड निकालेका हुन्। 

यस्तै पार्टी अब सही दिशामा अगाडि नबढे ‘विवेकशील साझा पार्टी’को नियतिबाट गुज्रिनुपर्ने हुनसक्ने उल्लेख गरेका छन् । विवेकशील साझा पार्टी अहिले अस्तित्वमा छ तर, जनतामाझ पुग्न सकिरहेको छैन ।

भोलिका दिनहरूमा आजकै स्थिति अनुसार अघि बढे पार्टीको हालत विवेकशीलको जस्तो हुने उनको भनाइ छ। प्रतिवेदनमा ढकालले महाभारतको उदाहरण दिंदै आफूले देखेको वास्तविक कुरा बताउँदा आफ्नो पद नै गएपनि पार्टीको लागि त्यो वास्तविकता बताउनुपर्ने आवश्यकता ठानेर प्रतिवेदन तयार गरेको उल्लेख गरेका छन्। 

आफूलाई आफ्नो पार्टीको माया र चिन्ता रहेको भन्दै उनले आगामी राजनीतिक जीवनको लागि घातक नै भएपनि वास्तविक कुरा बाहिर ल्याएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण