2026-10-31 09:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ईंग्ल्यान्ड र भारतको सेमिफाइनलमा वर्षाको उच्च सम्भावना, खेल रद्द भए भारत सीधै फाइनलमा

असार १३, काठमाडौँ ।  आइसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज राति हुँदै छ । नेपाली समय अनुसार राति सवा ८ बजे  (स्थानीय समयअनुसार बिहान १०:३० बजे) सुरु हुने खेलमा भारत र इंग्ल्याण्ड आमने सामने हुने छन्। तर, आजको खेल वर्षाले बिथोल्न सक्ने खतरा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले औंल्याएका छन् ।

वेस्ट इन्डिजको गुयनास्थित प्रोभिडेन्स रंगशालामा खेल हुन लागेको हो । यस क्षेत्रमा दुई दिनदेखि लगातार वर्षात् भइरहेको छ । २७ तारिख बिहान गुयनामा अलिकति आकाश खुल्ने तर वर्षात् पनि हुने भविष्यवाणी गरिएको छ । दिउँसो हावाहुरीसहित अझै सघन वर्षात हुनेछ । भविष्यवाणी अनुसार वर्षातको सम्भावना ९० प्रतिशत छ । ६१ प्रतिशत आकाश बादलले ढाकिनेछ भने भिजिविलिटी ६ किलोमिटर मात्र हुनेछ । 

यसअघि सुपर ८ मा दुवै टीमबीच कम्तीमा ५-५ ओभरको खेल सम्भव भएमा नतिजा आउन सक्थ्यो । तर, सेमिफाइनलमा नतिजा आउन दुवै टीमले कम्तीमा १०-१० ओभर खेल्नुपर्छ । स्थानीय समयअनुसार बिहान १०:३० मा खेल सुरू हुन्छ । यदि वर्षातले निर्धारित समयमा खेल सुरू हुन सकेन भने २५० मिनेटसम्म तन्काउन सकिने गरी व्यवस्था मिलाइएको छ । अर्थात् यदि २.४० बजेसम्ममा खेल सुरू हुन सक्यो भने ओभर घटाउनु पर्दैन । त्योभन्दा पनि ढिलाइ भएको खण्डमा चाहीँ ओभर घटाउनुपर्छ ।

यदि वर्षाका कारणले १०-१० ओभरको खेल पनि हुन सकेन भने भारत सीधै फाइनलमा पुग्नेछ । खेल रद्द भएको खण्डमा सुपर ८ मा आफ्नो समूहमा पहिलो हुने टीम फाइनलमा पुग्ने प्रावधान पहिल्यै तय गरिएको थियो । त्यसैले यदि वर्षातले खेल विथोलिएको खण्डमा भारतलाई फाइदा छ । यदि खेल बराबरीमा टुंगियो र सुपर ओभरबाट पनि नतिजा आएन भने पनि भारत नै फाइनलमा जान्छ ।

रोचक के छ भने भारत र ईंग्ल्यान्डको सेमिफाइनलमा रिजर्भ डे नै राखिएको छैन । जबकि साउथ अफ्रिका र अफगानिस्तानबीचको पहिलो सेमिफाइनलका लागि रिजर्भ डे थियो, जबकि उक्त सेमिफाइनलमा बर्षातको भविष्यवाणी नै थिएन । वर्षातको सम्भावना नभएको खेलमा रिजर्भ डे राखिने तर उच्च सम्भावना भएको खेलमा नराखिनुलाई लिएर धेरैले आश्चर्य व्यक्त गरेका छन् । आईसीसीले भने फाइनल खेलका लागि एक दिन मात्रै ग्याप भएकाले रिजर्भ डे नराखिएको दाबी गरेको छ ।

यसैबीच गुयनामा निरन्तर पानी परिरहँदा मैदान र पिचलाई जोगाउन पर्याप्त ध्यान नपुर्याइएको आरोप पनि लागेको छ । ईंग्ल्यान्डका पूर्वक्रिकेटर माइकल भोनले मैदान पुरै कभर नगरिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । निरन्तर पानी परिरहेको अवस्थामा मैदानलाई आंशिक मात्र छोपिएको भन्दै उनले ट्विट गरेका हुन् । केही क्रिकेट विश्लेषकले सकेसम्म खेल रद्द होस भन्ने भारतको चाहनाका कारण मैदान राम्ररी कभर नगरिएको आरोपसमेत लगाएका छन् ।

टी–२० विश्वकपको इतिहासमा इङ्ल्यान्डले भारतसँग चार पटक सामना गरेको छ । दुवै टोलीले दुई–दुई खेल जितेका छन् । पहिलो सेमिफाइनलमा एकतर्फी जित निकाल्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरिसकेको छ । आज राति हुने दोस्रो खेलको विजेताले उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्ने छ ।  

सम्भावित प्लेइङ इलेभेन

भारतः रोहित शर्मा (कप्तान), विराट कोहली, ऋषभ पन्त (विकेटकिपर), सूर्यकुमार यादव, शिवम दुबे, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, जसप्रित बुमराह र अर्शदीप सिंह ।

इंग्ल्याण्ड : फिल साल्ट, जोस बटलर (कप्तान र विकेटकिपर), जोनी बेयरस्टो, ह्यारी ब्रुक, मोइन अली, लियाम लिभिङस्टोन, साम कुरान, क्रिस जोर्डन, जोफ्रा आर्चर, आदिल राशिद, रीस टोपले ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ