2026-07-06 09:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मन्त्री पुनले खुलाए २ खर्ब बजेट अर्थ मन्त्रालयमा राख्नुको कारण

असार १३,  काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालयले २ खर्ब रुपैयाँभन्दा बढी बजेट राख्नुको कारण खुलाएका छन् । उनले  राष्ट्रियसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै अर्थ मन्त्रालयमा राखिएको २ खर्ब रुपैयाँभन्दा बढी बजेटबारे प्रस्ट्याएका हुन् ।

अर्थमन्त्री पुनले प्रदेश तथा स्थानीय तहमा जाने समपूरक रकम २ खर्ब रुपैयाँ बजेटमा नै राखिएको बताए । यस्तै ससर्त अनुदानको रकम पनि एकमुष्टरुपमा राखिएको उनले बताए  ।


‘दुई शीर्षकमा राखिएको एकमुष्ट रकम अबण्डामा राखिएको जस्तो देखियो,’ अर्थमन्त्री पुनले भने, ‘समानिकरण अनुदान सकेसम्म प्रतिबद्धता गरेबमोजिम स्थानीय तह र प्रदेशमा जाओस् भन्ने हाम्रो लक्ष्य हो ।’ यद्यपि, सङ्कलित राजश्वका आधारमा प्रदेश र स्थानीय तहमा समानिकरण रकम पठाउने भएकाले लक्ष्यबमोजिमको पठाउन नसकिएको उनले बताए ।

‘७४–७५ प्रतिशत रकम हाराहारी समानिकरण रकम पठाएका थियौं,’ पुनले भने, ‘योपछि स्थानीय तह र प्रदेशबाट गुनासो आएपछि ९३ प्रतिशतसम्म पठाएका छौँ ।’ स्थानीय तहको स्रोत समेत सुनिश्चित नहुँदा ती पालिकामा समानिकरणको रकमले ठुलो भूमिका खेल्ने अर्थमन्त्री पुनको भनाई छ ।

उनले काठमाडौँ महानगरजस्तो ठुलो आम्दानी भएको स्थानीय तहलाई पठाउने समानिकरण रकम न्यून देखिने पनि बताए । तर आफ्नै आम्दानी नभएका पालिकालाई तलब खुवाउन, शिक्षा र स्वास्थ्यमा खर्च गर्न पनि समानिकरण रकममा आधारित रहेका उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने