९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मुकुलले रास्वपा विवेकशीलकै हालतमा पुग्छ भनेपछि बोलिन् रञ्जु दर्शना

१३ असार २०८१, बिहीबार १२:४७

असार १३, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा मुकुल ढकालले हालै देशभरको भ्रमण गरेर तयार पारेको प्रतिवेदनले रास्वपामा मात्र नभई सिंगो राजनीतिक वृत्तमा तरंग उत्पन्न भएको छ । ढकालले देशका ३८ जिल्ला घुमेर १ महिनालामो समीक्षा यात्रापछि बुधबार ३२ पेजको प्रतिवेदन पार्टी सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएका थिए ।

ढकालले आफ्नो प्रतिवेदनमा रास्वपाले बेलैमा कठोर निर्णय नलिएमा केही समयमा नै पार्टी विवेकशीको हालतमा पुग्ने चेतावनी दिएका थिए । उनले तत्काल सरकारबाट हट्नुपर्ने, एमाले माओवादीसँगको साँठगाँठ त्यागेर काठमाडौंका मेयर बालेन हाल र धनगडीका मेयर गोपी हमालसँग मिल्नुपर्ने बताएका थिए ।

ढकालको प्रतिवेदनपछि विभिन्न व्यक्तिले प्रतिकृया दिईरहेका छन् । यस्तैमा विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शनाले रास्वपा दुर्घटनामा नपरोस् भन्दै शुभकामना व्यक्त गरेकी छन् ।


‘मुकुलजी, दलको नीति अधिवेशन, महाधिवेशन गर्ने समय ढल्किसक्यो ! तपाईंहरु दुर्घटनामा नपर्नुहोस्’, रञ्जुले भनेकी छन्, ‘हाम्रो इतिहास, लडाइँ, भोगाई, थकाई र सिकाइले हामी हिँडिरहनेछौ र हाम्रो भोगाइबाट तपाईंहरुले सिक्नुपर्ने थियो, सत्ताको रस पसेर हो कि, निकै कम समयमा सांसद भवन भित्र बसेर हो, सायद सिक्नुपर्ने कुरा सिक्न समय मिलेन । अब सिक्नुहोस् ।’

यस्तो छ दर्शनाले सामाजिक सञ्जालमा गरेको टिप्पणी

भागवत गीतामा भनिएको छः ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’ अर्थात् कर्ममा मात्र तिम्रो अधिकार हुन्छ, त्यसको फलमा हुँदैन । मलाई बेला–बेला विवेकशील साझाको यात्रामा यही कुरा झझल्को आउँछ । मुकुलजी (रास्वपाका महामन्त्री) ले पार्टी दुर्घटना उन्मुख छ, बेलैमा सचेत हुनुपर्छ भनेर ३८ जिल्ला पुगेर समीक्षा प्रतिवेदन पार्टी सभापतिलाई बुझाउनु भएको कुरा समाचारबाट सुनेँ । विवेकजीको जस्तै अवस्था आउला भन्नुभएको पनि सुनेँ । र, आफ्नो केहि कुरा यहाँ राख्न मन लाग्यो ।

रास्वपाको सुरुवात भइराख्दा उज्ज्वल थापा दाइ, विवेकशीलका संस्थापक नेताको देहान्त भएको भर्खर एक वर्ष भएको थियो । दाइको देहान्तपछि जसरी लाखौं मानिसले आफ्नो सान्त्वना प्रदान गरे, धेरैले उज्ज्वल दाइको नाम लिन थाल्नु स्वाभाविक नै थियो ।

रास्वपाले पनि पटक–पटक भन्यो सो पार्टीको राजनीतिक धरातलको जग स्व.उज्ज्वल थापाले नै राखिदिएका हुन् । गणतन्त्र स्थापनापछि खुलेको विवेकशील नेपाली दल पछि विवेकशील साझा पार्टी बन्यो, जसले नेपाली समाजमा अनौठो तरिकाको भद्र राजनीतिको सुरुवात गर्‍यो, युवाहरूलाई राजनीतिमा आकर्षित गर्न फेरि सुरु गर्‍यो ।

निर्वाचनको अङ्कमा गणितमा प्राय तलै पर्‍यो तर देशको सामाजिक विषयमा माथि पर्दैथ्यो। विडम्बना टुटफुटको कठिन यात्रा, दलभित्र एकीकृत हुन नसक्नु, सङ्गठन विस्तार तीव्र रूपमा नबढ्नु, दलकै अध्यक्षको राजनीतिक एजेन्डा परिवर्तनका हक कुदै दललाई खेत जसरी जोतिए पछि आजको दिनसम्म आइपुगेका छौँ ।

विवेकशील साझा पार्टी अहिले बेला बेला मात्र देखिन्छ, सदस्यहरू पनि छैनन्, खासै केहि साख छैन, हामी यस्तो अवस्थामा चाहिँ पुग्न हुँदैन भन्नु भएको सुनिन्छ । ठिकै हो ! हामीलाई पनि यस्तो अवस्थामा पुग्न मन थिएन, अहिले हेर्दा पनि अवस्था मन पर्दैन तर “छिटै खाउँकी जली मरौँ” गरेर हामीले आफ्नो मूल्यमान्यता, राजनीतिक अडान अस्पष्ट राखेका छैनौँ । हामीले विवेकशील–साझा पार्टीलाई तत्कालीन अध्यक्षको लहलहैमा राप्रपा बन्न दिएनौ, त्यसमा स्पष्ट भयाै‌ ।

टुटफुटले मन दुखेका साथीहरू अहिले पनि हामीलाई गाली गरिरहनुहुन्छ, फेसबुकका कमेन्टमा रिस पोखिरहनुहुन्छ; लाग्छ कि उहाँहरू कुनै अमुक दलका अन्धभक्त हुनुहुन्छ तर होइन; हाम्रै पुराना रुष्ट साथीहरू हुनुहुन्छ । यसरी हेर्दा, अहिले पार्टीमा दुःख कष्ट व्यापक छ तर पनि राजनीतिक अडान छ ।

यस्ता दुखका कुराहरूबिच पनि मलाई अचम्म चाहिँ के विषयमा लागि रहेको छ भने यहाँहरू ‘माथि’ भएको आभास र ‘तल पुग्न लागेको’ आभास पनि “विवेकशील साझा” को नाम लिएरै गर्नुहुन्छ तर हामीहरूको कठिन यात्राबाट भने सिक्नुहुन्न । बरु, विवेकशील पृष्ठभूमि भएकाहरूलाई सकभर ठाउँमा राखौँ भन्ने पनि सुनेको हो (यो सुनेको कुरा चाहिँ गलतै साबित होस्।)

एक जनाको वरपर फनफनी घुम्न मिल्ने भनेको फुलको वरपर भमरा हो एक व्यक्तिको वरपर एउटा सिङ्गो दल होइन । त्यसैले, मुकुलजी, दलको नीति अधिवेशन, महाधिवेशन गर्ने समय ढल्की सक्यो ! तपाईंहरू दुर्घटनामा नपर्नुहोस् । हाम्रो इतिहास, लडाइँ, भोगाई, थकाई र सिकाइले हामी हिँडिरहनेछौ र हाम्रो भोगाइबाट तपाईंहरूले सिक्नुपर्ने थियो, सत्ताको रस पसेर हो कि, निकै कम समयमा संसद् भवनभित्र बसेर हो, सायद सिक्नुपर्ने कुरा सिक्न समय मिलेन । अब सिक्नुहोस् । र, गीतामै भनेजस्तो तलको वाक्यांश पनि हामीहरू सबैले नबिर्सौं ।

‘मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ..’ अर्थात् कर्मको प्रतिफल कस्तो हुन्छ भनेर आशावादी हुनुहुँदैन, तर अकर्मण्यताप्रति पनि आशक्ति हुनुहुँदैन । तपाईंहरुलाई शुभ भाव ।।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण