2026-06-23 07:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पोर्चुगललाई हराएपछि जर्जियाका पूर्व प्रधानमन्त्रीले जर्जियन टिमलाई ८.४ मिलियन पाउण्ड अवार्ड दिने

असार १४, काठमाडौँ । जर्जियाले युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणको नकआउट चरणमा पुगिसकेको छ । समूह ‘एफ’ मा रहेको जर्जियो एक जित, एक बराबर र एक हारबाट चार अंक बटुल्दै समूहमा तेस्रो भएको थियो ।

त्यसपछि जर्जिया समूहगत चरणमा तेस्रो हुने उत्कृष्ट चार टोलीभित्र पर्दै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको थियो । जर्जिया पहिलो पटक युरोकपको नकआउट चरणमा पुगेको हो । जर्जियाले समूहगत चरणको आफ्नो अन्तिम खेलमा पोर्चुगललाई २–० गोलले हराएको थियो ।


आफ्नो टोली समकालीन विश्व फुटबलका महान खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई हराएपछि जर्जियाका पूर्वप्रधानमन्त्री विडजिना इभानिस्भिलीले राष्ट्रिय फुटबल टोलीलाई व्यक्तिगत तर्फबाट ८४ लाख पाउण्ड पुरस्कार दिने घोषणा गरेका छन् ।

प्रतियोगिताको नकआउट चरणमा पनि जर्जियाले बलियो प्रतिद्वन्द्वी पाएको छ । प्रि–क्वार्टरफाइनलमा जर्जियाले स्पेनको सामना गर्नेछ । जारी युरोकपमा जर्जिया फ्रान्सका पूर्वडिफेन्डर विली सग्नोलको प्रशिक्षकत्वमा रहेको छ ।

सत्तारुढ जर्जियन ड्रिम राजनीतिक पार्टीको स्थापना गरेका विडजिना सन् २०१२ मा जर्जियोको प्रधानमन्त्री बनेका थिए । युरोकपमा जर्जियाले पोर्चुगललाई हराएपछि ६८ वर्षीय विडजिनाले भनेका छन्, ‘यो जित हाम्रा लागि ऐतिहासिक र सपनाको जित हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे