2026-07-07 07:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नक्कली शरणार्थी प्रकरणमा बेचन झा पक्राउ : आरजु राणा अनुसन्धानमा तानिने सम्भावना बढ्यो

असार १५, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेका छन् । शुक्रबार नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका झालाई प्रहरीले कंचनपुरबाट पक्राउ गरेको हो ।

झामाथि कारबाही अघि बढाउनको लागि आइतबार जिल्ला अदालत काठमाडौंबाट म्याद थप गर्ने प्रहरीको तयारी छ । नक्कली भुटानी शरणार्थी प्रकरण अन्तर्गत पहिलो चरणको अनुसन्धानमा झाको सम्बन्ध नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग प्रत्यक्षरुपमा रहेको खुलेको थियो ।


उनले शीर्ष नेताहरुसँग यस प्रकरणमा आर्थिक लेनदेनको कारोबार गरेको पाइएको स्रोतको दाबी छ । झा पक्राउ परेसँगै यस प्रकरणमाथि छानबिन गर्न दोस्रो चरणको अनुसन्धान खुल्ने सम्भावना बढेको छ ।

गृहमन्त्री रवि लामिछानेले कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई अनुसन्धानमा तान्न खोजिरहेको स्रोतले बतायो । शीर्ष नेतासँग आर्थिक लेनदेनको कारोबार गर्ने झा पक्राउ परेसँगै आरजु अनुसन्धानमा तानिने सम्भावना बढेको छ ।

आरजुसँगै कांग्रेसकै कृष्णप्रसाद सिटौला पनि अनुसन्धानमा तानिने स्रोतले जनाएको छ । हिजो मात्रै प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बालका छोरा प्रतीकलाई पनि पक्राउ गरेको थियो ।

यसरी सुरु भयो शरणार्थी प्रकरण

सन् १९९० ताका भुटानबाट भारतको बाटो हुँदै नेपालमा आइपुगेका शरणार्थीहरूलाई पूर्वी नेपालको झापा र मोरङका विभिन्न सिविरमा राखिएको थियो।

स्वदेश फिर्तीको पर्खाइमा रहेका एक लाखभन्दा धेरै शरणार्थीहरू नेपाल र भुटानबीच सन् २००३ सम्म भएका १५ चरणका वार्ताले कुनै समाधान दिन नसकेपछि तेस्रो देश पुनर्वास रोज्न बाध्य भएका थिए।

उक्त योजनाअन्तर्गत अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्यूजील्यान्ड, यूके, डेनमार्क, नेदरल्यान्ड्स र नर्वेमा अधिकांश शरणार्थीहरूको पुनर्वास भइसकेको छ ।

नेपालमा बाँकी भएका ६,००० भन्दा बढी शरणार्थीहरू पूर्वी नेपालका बेलडाँगी तथा पथरी-शनिश्चरे सिविरमा छन्। तिनै बाँकी शरणार्थीको व्यवस्थापनबारे पहल भइरहँदा गृह मन्त्रालयले उनीहरुको अनुसूची तयार गर्न कार्यदल गठन गरेको थियो।

उक्त कार्यदलले नीतिगत रूपमै भ्रष्टाचार गरेर पैसा उठाउँदै नेपाली नागरिकहरूलाई पनि शरणार्थीको सूचीमा राखेको उजुरीपछि प्रहरीले आरोपितहरूलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो।

अनुसन्धान सुरु भएपछि यस प्रकरणमा शीर्ष नेताहरुको नै संलग्नता रहेको पाइएको छ । उच्चपदस्थ राजनीतिक र प्रशासनमा रहेका व्यक्तिहरूको आडमा सङ्गठित गिरोहले नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको अनुसन्धानबाट खुलेको थियो । उक्त प्रकरणमा कांग्रेसका प्रभावशाली नेता समेत रहेका पूर्व गृहमन्त्री बालकृष्ण खांड समेत प्रक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने