कात्तिक १२, वालिङ | स्याङ्जाको भिरकोट नगरपालिका–६ ठाडाखेतमा रहेको खिलुङ कालिका एग्रोफार्मले दैनिक एक लाख अन्डा उत्पादन गर्दै आएको छ । करिब एक वर्षअघि यहाँका सात युवकले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १२, वालिङ | स्याङ्जाको भिरकोट नगरपालिका–६ ठाडाखेतमा रहेको खिलुङ कालिका एग्रोफार्मले दैनिक एक लाख अन्डा उत्पादन गर्दै आएको छ । करिब एक वर्षअघि यहाँका सात युवकले "/>
2026-06-20 03:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्याङ्जाको खिलुङ कालिका एग्रोफार्ममा दैनिक एक लाख अन्डा उत्पादन

कात्तिक १२, वालिङ | स्याङ्जाको भिरकोट नगरपालिका–६ ठाडाखेतमा रहेको खिलुङ कालिका एग्रोफार्मले दैनिक एक लाख अन्डा उत्पादन गर्दै आएको छ । करिब एक वर्षअघि यहाँका सात युवकले करिब ५० करोड रुपैयाँको लागतमा फार्म सञ्चालनमा ल्याएका हुन् । 

फार्ममा हाल कमर्सियल लेयर्स जातका एक लाख ५० हजार कुखुरा रहेका छन् । यहाँबाट दैनिक करिब एक लाख अन्डा उत्पादन हुँदै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत शोभाकान्त ढकालले बताउनुभयो । “आफ्नै गाउँ ठाउँमा केही गर्नुपर्छ भन्ने लाग्यो र ४० रोपनी जग्गामा जर्मनीमा निर्मित अत्याधुनिक ब्याट्री केज प्रविधिको प्रयोग गरी फार्म सञ्चालन गरिआएका छौँ,” प्रमुख कार्यकारी अधिकृत ढकालले भन्नुभयो – “यहाँ उत्पादन भएका अन्डाहरु पश्चिमाञ्चल विकास क्षेत्रका मुख्य मुख्य बजारमा खपत हुने गरेका छन् ।” 

प्रत्यक्ष एक सय बढी स्थानीयवासीले रोजगारी पाएका कम्पनीले जनाएको छ । फार्मले वार्षिक चार करोड रुपैयाँ भन्दा बढी आम्दानी गर्ने अधिकृत ढकालले बताउनुभयो । कुखुरापालनसँगै फार्मले जैविक मल उत्पादन तथा प्रशोधन केन्द्रको निर्माण कार्य थालेको छ । यही फार्मलाई लक्ष्य गरी अर्को कम्पनीले दैनिक १० हजार वटा क्रेटको उत्पादन गर्दै आएको छ । यहाँका युवाले सञ्चालन गरिरहेको यो फार्म अवलोकन गर्न दैनिक थुप्रै व्यक्ति आउने गरेको फार्मले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ