कात्तिक १२, फलेवास (पर्वत) | पर्वतको खुर्कोटदेखि विभिन्न आधा दर्जन गाविसमा सडक पहुँच पुर्याउने गरी घुम्ती लाम्पाटा सडकको कालोपत्र गर्ने कार्य सुरु भएको छ । सडक ड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १२, फलेवास (पर्वत) | पर्वतको खुर्कोटदेखि विभिन्न आधा दर्जन गाविसमा सडक पहुँच पुर्याउने गरी घुम्ती लाम्पाटा सडकको कालोपत्र गर्ने कार्य सुरु भएको छ । सडक ड"/>
२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्बतको आधा दर्जन गाविसमा सडक पहुँच पुग्ने गरि कालोपत्र सुरु

१२ कार्तिक २०७३, शुक्रबार ०३:५७

कात्तिक १२, फलेवास (पर्वत) | पर्वतको खुर्कोटदेखि विभिन्न आधा दर्जन गाविसमा सडक पहुँच पुर्याउने गरी घुम्ती लाम्पाटा सडकको कालोपत्र गर्ने कार्य सुरु भएको छ । सडक डिभिजन कार्यालय बागलुङले पोखरा–बागलुङ राजमार्गअन्तर्गतको घुम्तीदेखि चार किलोमिटर सडक कालोपत्र गर्न सुरु गरेको हो । 

उक्त सडकको शिलान्यास गर्नुभएका सांसद अर्जुनप्रसाद जोशीले सडकको स्तरोन्नति कार्यमा कुनै बाधा–व्यवधान उत्पन्न हुन नदिन उपभोक्तालाई सुझाव दिनुभएको छ । 

सडक डिभिजन कार्यालय बागलुङमार्फत घुम्ती–लाम्पाटा–हिमालय मावि–खुर्कोट–पाङ–नुवार सडकखण्डको चार किलोमिटर स्तरोन्नति कार्य हुने भएको छ । स्तरोन्नति कार्यका लागि सडक डिभिजन कार्यालयसमक्ष जयबाबा गोरख ओखलढुङ्गा जेवी कन्स्ट्रक्सनले १८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता गरेको छ । 

असोजमा सम्झौता गरेको कम्पनीले २०७४ साल चैत महिनासम्म स्तरोन्नति कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख थानेश्वर खत्रीले जानकारी दिनुभयो । स्तरोन्नति कार्यका लागि १० करोड बराबरको बोलपत्र आह्वान गरे पनि निर्माण कम्पनीले घटी घटाउमा पाँच करोड ९९ लाखमा निर्माण कार्य थालनी गरेको हो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली