४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिए कसरी बन्छ नयाँ सरकार ?

१९ असार २०८१, बुधबार ०३:२८

असार १९, काठमाडौँ । संसदका दुई ठुला दलले नयाँ गठबन्धन बनाउने सहमति गरेपछि अब राजनीतिले नयाँ मोड लिएको छ । कांग्रेस- एमालेबीचको सहमति अनुसार अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने छन् ।

तर त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने अवस्था रहेको छ । तर माओवादी केन्द्रले मंगलबार तत्काल राजीनामा नदिने र संसदको सामना गर्ने निर्णय गरेको छ । जस अनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन एक महिनाको समय पाउने छन् ।

राजनीतिक वृतमा प्रधानमन्त्रीले विश्वासको मत लिन्छु भन्नुको अर्थ संबैधानिक व्यवस्था अनुसार नयाँ सरकार गठनको प्रक्रियामा रहेको बुझ्न सकिन्छ । अहिलेको सरकार संबिधानको धारा ७६ को उपधारा २ अनुसार बनेको हुनाले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा नयाँ सरकार बन्ने प्रक्रिया ७६ को उपधारा ३ अनुसार शुरु हुने बुझाई रहेको छ । उपधारा ३ अनुसार संसद्को ठुलो दलको नेता प्रधानमन्त्री बन्ने व्यवस्था हो । प्रधानमन्त्री प्रचण्डले राजीनामा गरेर तत्काल एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्न खोजेको जस्तो देखिन्छ ।

तर कानुनका ज्ञाताहरुले भने विकल्प भएसम्म संबिधानको धारा ७६ को २ अनुसार दुई वा सो भन्दा बढी दल मिलेर सरकार बनाउन सक्ने बताएका छन् । यसका लागि उनीहरुले सर्वोच्च अदालतले कोशी प्रदेश र गण्डकी प्रदेशको सरकारको विषयमा दिएका आदेशलाई नजीर बनाएका छन् ।

जस अनुसार वैकल्पिक सरकार बनाउने सम्भावना रहेसम्म अर्को धारामा जान वा उही धारा अनुसार सरकार बनाउन सकिने भन्ने रहेको छ ।

संबिधानका ज्ञाता र वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले पनि संबिधानको धारा ७६ को उपधारा २ अनुसार सरकार बन्न सक्ने बताउछन् । उनले भनेका छन्- 'संविधानको सिधा अर्थ धारा ७६ को उपधारा (२) पश्चात उपधारा ३) र उपधारा ३) पश्चात उपधारा ५) को सरकार नै भन्ने हो । तर, सर्वोच्च अदालतले वैकल्पिक सरकारको संभावना भएसम्म अर्को धारामा जान वा उही उपधारा अन्तर्गत अर्को सरकार बनाउन सकिने दुबै बाटो खुला गरिदिएकोले त्यसलाई मान्नु पर्ने देखियो ।'

यस्तो अवस्थामा प्रधानमन्त्री प्रचण्डले राजनीतिक रुपमा कुनै एक दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिन एक महिनाको समय पाउछन् । तर अहिलेको अवस्थामा प्रधानमन्त्रीले सो समय लिने बुझेर एमालेले आजसम्मको समय दिएर प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न भनेको छ र आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको छैन । यो एमालेको रणनीतिक निर्णय हो । यसले प्रधानमन्त्रीलाई आफ्नो राजनीतिक साख बचाउन र भविष्यमा फेरी सहकार्य गर्ने ठाउ राखिराख्न अवसर दिएको रुपमा बुझ्न सकिन्छ ।

तर प्रधानमन्त्रीले यस अवसरको सदुपयोग नगरेर विश्वासको मत लिने जिद्धि गरेमा भने राजनीति केहि महिना अघि कोशीमा दोहोरिएको घटना दोहोरिन सक्ने देखिन्छ । प्रधानमन्त्रीले राजीनामा नदिएमा कांग्रेस-एमालेसहित दुई तिहाई भन्दा बढी सांसदले राष्ट्रपतिलाई हस्ताक्षर बुझाएर राष्ट्रपतिले नयाँ सरकार गठन गर्ने बाटोमा राजनीति जाने जानकार बताउछन् । कोशीमा पनि अल्पमतमा परेका तत्कालिन मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिएपछि प्रदेश प्रमुखले बहुमत सदस्यको हस्ताक्षर सनाखत गरेर नयाँ सरकार गठन गरेका थिए, जसलाई सर्वोच्च अदालतले समेत संबिधान सम्मत भएको व्याख्या गरको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा रेमो डिसूजा, उनकी पत्नी सहित अन्य पाँच जनामाथि ठगीको उजुरी मलाई अदालतले न्याय दिनेछ: रवि लामिछाने रविलाई कास्की अदालतमा पुर्‍याइयो, पक्षमा ७ अधिवक्ताले बहस गर्ने रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरको ज्ञापनपत्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी