2026-08-21 07:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

युरोकपको क्वाटरफाइनलमा आजराती पोर्चुगल र फ्रान्स भिड्दै

असार २१, काठमाडौँ । जारी युरोकपको क्वाटरफाइनलमा आज राति पोर्चुगल र फ्रान्सबीच खेल हुदै छ । यो खेल नेपाली समय अनुसार राति १२; ४५ बजेदेखि शुरु हुने छ ।

पोर्चुगलले राउण्ड १६ को खेलमा स्लोभेनियालाई पेनाल्टी सुट आउटमा ३-० गोलले विजयी हुदै क्वाटरफाइनलमा पुगेको हो ।  त्यस्तै फ्रान्सले भने राउण्ड १६ मा बेल्जियमलाई १-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । 

२०१६ को फाइनलमा खेलेका पोर्चुगल र फ्रान्सबीच यस युरोकपको क्वाटरफाइनलमा नै भेट भएपछि यो खेल रोमान्चक हुने भएको छ ।

पोर्चुगलले अहिलेसम्म एक पटक २०१६ मा युरोकपको उपाधि जितेको छ । त्यस्तै पोर्चुगल त्यसअघि २००४ मा फाइनलमा पुगेर पराजित भएको थियो ।

फ्रान्सले अहिलेसम्म १९८४ र २००० गरी दुई पटक युरोकपको उपाधि जितेको छ भने २०१६ मा उपविजेता बनेको थियो ।

अहिलेसम्म पोर्चुगल र फ्रान्सबीच कुल २८ खेल भएका छन् । जसमा पोर्चुगलले ६ खेल जितेको छ भने फ्रान्सले १९ खेलमा जित हासिल गरेको छ । त्यस्तै ३ खेल बराबरीमा सकिएका छन् ।

यस खेलमा आफ्नो अन्तिम युरोकप खेलिरहेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डो प्रमुख आकर्षण हुने छन् । पछिल्लो खेलमा स्लोभेनियाविरुद्धको खेलमा पेनाल्टी मिस गरेपछि भावुक भएर मैदानमै रोएका रोनाल्डो यस खेलमा आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्ने अवसर रहेको छ । त्यस्तै यस प्रतियोगितामा खासै प्रभाव देखाउन नसकेका फ्रान्सका किलीयन एम्बाप्पेका लागि पनि आफ्नो क्षमता देखाएर आफ्नो देशलाई सेमिफाइनलमा पुर्याउने अवसर रहेको छ ।

    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक