३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

युरोकपको क्वाटरफाइनलमा आजराती पोर्चुगल र फ्रान्स भिड्दै

२१ असार २०८१, शुक्रबार ०७:१२

असार २१, काठमाडौँ । जारी युरोकपको क्वाटरफाइनलमा आज राति पोर्चुगल र फ्रान्सबीच खेल हुदै छ । यो खेल नेपाली समय अनुसार राति १२; ४५ बजेदेखि शुरु हुने छ ।

पोर्चुगलले राउण्ड १६ को खेलमा स्लोभेनियालाई पेनाल्टी सुट आउटमा ३-० गोलले विजयी हुदै क्वाटरफाइनलमा पुगेको हो ।  त्यस्तै फ्रान्सले भने राउण्ड १६ मा बेल्जियमलाई १-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । 


२०१६ को फाइनलमा खेलेका पोर्चुगल र फ्रान्सबीच यस युरोकपको क्वाटरफाइनलमा नै भेट भएपछि यो खेल रोमान्चक हुने भएको छ ।

पोर्चुगलले अहिलेसम्म एक पटक २०१६ मा युरोकपको उपाधि जितेको छ । त्यस्तै पोर्चुगल त्यसअघि २००४ मा फाइनलमा पुगेर पराजित भएको थियो ।

फ्रान्सले अहिलेसम्म १९८४ र २००० गरी दुई पटक युरोकपको उपाधि जितेको छ भने २०१६ मा उपविजेता बनेको थियो ।

अहिलेसम्म पोर्चुगल र फ्रान्सबीच कुल २८ खेल भएका छन् । जसमा पोर्चुगलले ६ खेल जितेको छ भने फ्रान्सले १९ खेलमा जित हासिल गरेको छ । त्यस्तै ३ खेल बराबरीमा सकिएका छन् ।

यस खेलमा आफ्नो अन्तिम युरोकप खेलिरहेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डो प्रमुख आकर्षण हुने छन् । पछिल्लो खेलमा स्लोभेनियाविरुद्धको खेलमा पेनाल्टी मिस गरेपछि भावुक भएर मैदानमै रोएका रोनाल्डो यस खेलमा आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्ने अवसर रहेको छ । त्यस्तै यस प्रतियोगितामा खासै प्रभाव देखाउन नसकेका फ्रान्सका किलीयन एम्बाप्पेका लागि पनि आफ्नो क्षमता देखाएर आफ्नो देशलाई सेमिफाइनलमा पुर्याउने अवसर रहेको छ ।

    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट