२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मुकुल ढकालको दाबी- मेरो स्पष्टीकरण पार्टी कार्यालयले दर्ता गर्न मानेन

२०८१, २१ असार शुक्रबार ०९:३१

असार २१, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीबाट निलम्बनमा परेका डा. मुकुल ढकालले स्पष्टीकरण पार्टी कार्यालयले बुझ्न नमानेको दाबी गरेका छन्।

ढकालमाथि पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो।

उक्त स्पष्टीकरण आफूले बुधबार पार्टी कार्यालयमा बुझाउन खोजे पनि बुझ्न नमानिएको ढकाल दाबी गर्छन्।

‘मैले स्पष्टीकरण पार्टी कार्यालयमा बुझाउन खोजेको दर्ता नै गरिएन,’ ढकालले भने, ‘सभापतिको आदेशअनुसार मेरो स्पष्टीकरण पार्टी कार्यालयले बुझ्न नै मानेन। स्पष्टीकरण दिएन भनेर मलाई कारबाही गर्न खोजिँदैछ।’

ढकाललाई रास्वपाले असार १९ गते सात दिनका लागि महामन्त्रीबाट निलम्बन गरेको थियो।

ढकालले पार्टी अनुशासनविपरीत समीक्षा यात्राको प्रतिवेदनका विषय सार्वजनिक गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह