२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

काठमाडौँ महानगरपालिकाले थाल्यो, एसईई पुरक परीक्षाको तयारी कक्षा

२०८१, २३ असार आईतवार ११:५३

असार २३,  काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि एसईई पुरक परीक्षाको तयारी कक्षा सुरु गरेको छ ।

२०८० सालको एसईईमा नियमित परीक्षार्थीमा सहभागी भएर ग्रेड वृद्धि पाउन नसकेका ८७३ जना विद्यार्थीका लागि कक्षा सुरु गरिएको हो । कक्षा सञ्चालनका लागि गएको शुक्रबार सहरी योजना आयोग र शिक्षा विभागले, विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुसँग छुट्टाछुट्टै तयारी वैठक गरेका थिए ।


महानगरपालिकाभित्रका ५८ वटा सामुदायिक विद्यालयबाट २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३ हजार ९५९ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये ३ हजार ८६ जना (७८%) ले ग्रेडवृद्धि प्राप्त गरेका थिए । बाँकी ८७३  जना (२२%) विद्यार्थी ग्रेड वृद्धि (पुरक) परीक्षामा सहभागी हुँदैछन् । 

विषयगत रुपमा हेर्दा सबैभन्दा धेरै ४५९ जना विद्यार्थी गणित विषयमा अनुत्तीर्ण भएका छन् । यसपछि अर्थशास्त्रमा २१९ जना, विज्ञानमा २६६ जना, सामाजिकमा १८९ जना, नेपालीमा ११६ जना, अंग्रेजीमा ९१ जना, लेखामा ७० जना, अप्सनल म्याथमा ५८ जना, कम्प्युटरमा २० जना, जनसंख्यामा ८ जना अनुत्तीर्ण भएका छन् । इलेक्ट्रिकल मेसिन विषयमा ४ जना, भूगोलमा ३ जना, वेसिक इलेक्ट्रिकलमा ३ जना, इन्डष्ट्रियल इन्स्टलेसनमा २ जना, इलेक्ट्रिकल इञ्जिनियरिङ्मा १ जना र वातावरण विज्ञानमा १ जना अनुत्तीर्ण छन् । 

यी विद्यार्थीहरुलाई स्रोत केन्द्रमा क्याम्प राखेर कक्षा सुरु गरिएको हो । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्छन्, ‘यी कक्षाहरु पास गराउनमाभन्दा पास गराउने वातावरण तयार गर्नका लागि हुन् ।’ भनाइलाई थप स्पष्ट पार्दै उनी भन्छन्, ‘पास गराउन पाठ पढाइन्छ । पास गराउने वातावरण तयार पार्दा विद्यार्थीलाई पाठ पढाउनुका साथै सिकाइप्रति उत्साहित गरिन्छ । केही विग्रिएको छैन भनेर प्रोत्साहित गरिन्छ ।’ यसप्रकारको वातावरण तयार पार्नका लागि विद्यार्थीहरुलाई स्वच्छ खानाको प्रबन्ध गरिएको, १ सय शिक्षकको रोष्टर बनाएर कक्षा सञ्चालन थालिएको उनको भनाइ छ । 

कक्षामा व्यक्तिगत परामर्श, पियर लर्निङ् (दुई जनाका बिचमा हुने अन्तरक्रियात्मक सिकाइ) र समूहगत सिकाइ जस्ता विधि अबलम्बन गरेर कक्षा सञ्चालन हुनेछन् । 

यो महानगरपालिकाका लागि पनि परीक्षा हो । सचिवालय सल्लाहकार सस्मित पोखरेल भन्छन्, ‘विद्यार्थीहरु जुन विषयमा अनुत्तीर्ण भए उनीहरुलाई विषय कठिन लागेकोले अनुत्तीर्ण भएका हुन् ।

यही कठिन विषयमा उनीहरुलाई रुचि जगाउनु छ । यही विषयमा अध्यापन गराउनु छ । उनीहरुलाई अध्ययन गराउनु प्रेरित गर्नु छ । यसमा ग्रेड वृद्धि गराउनु छ । यसकारण यो महानगरपालिकाका लागि पनि परीक्षा हो । यो परीक्षा जसरी पनि उत्तीर्ण गर्नु पर्नेछ ।’

११ वटा स्रोत केन्द्रमा दैनिक करिब ७० वटा कक्षा चल्नेछन् । विद्यार्थीको अनुकुलता र विषय हेरेर कक्षा संख्या बढ्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ