कात्तिक १२, मूलपानी (धादिङ) । चारैतिर पञ्चैबाजा घन्किएको थियो, झट्ट हेर्दा कसैको विवाह भए जस्तो लाग्थ्यो तर त्यो विवाह नभएर मन्त्री र विदेशी पाहुनाको स्वागत थियो । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक १२, मूलपानी (धादिङ) । चारैतिर पञ्चैबाजा घन्किएको थियो, झट्ट हेर्दा कसैको विवाह भए जस्तो लाग्थ्यो तर त्यो विवाह नभएर मन्त्री र विदेशी पाहुनाको स्वागत थियो । "/>

2026-06-21 12:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पञ्चैबाजा सहित गलाभरी माला सहितको स्वागत पाउँदा दाताहरु दङ्ग


कात्तिक १२, मूलपानी (धादिङ) । चारैतिर पञ्चैबाजा घन्किएको थियो, झट्ट हेर्दा कसैको विवाह भए जस्तो लाग्थ्यो तर त्यो विवाह नभएर मन्त्री र विदेशी पाहुनाको स्वागत थियो । 

दुबै हातमा फूलको माला बोकेर चर्को घाममा उभिएका बालबालिका आफ्ना विद्यालय निर्माणमा सहयोग गर्ने विदेशी पाहुना र विद्यालय उद्घाटन गर्न पुग्नुभएका मन्त्रीलाई माला लगाएर स्वागत गरिरहेका थिए । 

गतवर्ष वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षतविक्षत् बनेका विद्यालय पुनःनिर्माण गर्न आर्थिक सहयोग गरेका ‘फ्रिउली मान्दी नेपाल नमस्ते’ नामक इटालीका गैरसरकारी संस्थामा संलग्न ११ जना विदेशी पाहुना विद्यार्थीले आफूलाई गलाभरी माला लगाइदिँदा दङ्ग देखिन्थें । 

सो संस्थाको आर्थिक सहयोगमा धादिङका उत्तरी क्षेत्रका तीन गाविसमा चार विद्यालय निर्माण गरिएको छ । स्थानीय पर्यटन व्यावसायी एवम् ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान)का पूर्व अध्यक्ष ज्योति अधिकारीको सक्रियता उक्त विदेशी संस्थाले महेन्द्रोद्वय माध्यमिक विद्यालय मूलपानी, मण्डली माध्यमिक विद्यालय फूलखर्क, हिलेपोखरी प्राथमिक विद्यालय फूलखर्क र सुन्दर आधारभूत निम्न माध्यमिक विद्यालय गुम्दीको पुनःनिर्माण गरेका छन् । 

मण्डली माध्यमिक विद्यालयका प्राचार्य नवराज अधिकारी भूकम्पले विद्यालयका ३३ कोठामध्ये २२ वटा कोठा भत्किएको अवस्थामा विद्यालय बनाइदिएकोमा सो संस्थाप्रति आभार व्यक्त गर्दै उहाँ भन्नुहुन्छ –“मैले १७ वर्ष सेवा गरेको यस विद्यालय भूकम्पले भत्काउँदा यस संस्थाले शिक्षा क्षेत्रको विकासका लागि गरेको सहयोगले मलाई ज्यादै खुसी लागेको छ ।” 

विसं २०१७ मा स्थापना भएको उक्त विद्यालय जिल्लाकै तेस्रो पुरानो विद्यालय हो भने प्राविधिक तह कृषि विषयको पढाइ हुने जिल्लाकै पहिलो विद्यालय हो । पर्यटन व्यावसायी अधिकारी प्राविधिक शिक्षा मात्र लिनुभन्दा त्यसलाई व्यवहारमा उतार्नु ठूलो विषय भएको बताउनुहुन्छ । 

उहाँले सिकेको शिक्षाले ग्रामीण कृषि क्षेत्रको विकासमा ठूलो सहयोग पुग्ने बताउनुभयो । अधिकारीले फूलखर्कको विकास र विस्तारमा आफ्नो सहयोग रहने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । 

जिल्लाको प्राविधिक विषयका क्षेत्रमा पढाइ हुने मण्डली माविमा हाल ७३९ विद्यार्थी अध्ययनरत छन् भने अरु विद्यालयमा त्योभन्दा कम विद्यार्थी छन् । फ्रिउली मान्दी नेपाल नमस्ते संस्थाका अध्यक्ष मासिमो रोसेटो दुखी जनताको सहयोगी बन्न पाएकोमा आफूलाई खुसी लागेको बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “हाम्रो संस्थाले शिक्षाको विकासका लागि काम गरिरहेको छ, त्यसलाई खेर जान नदिनुहोला ।” 

उक्त संस्थाले धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, सोलुखुम्बु र काभ्रेपलाञ्चोकका विभिन्न क्षेत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा काम गरिरहेका छन् । 

सो अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनबहादुर शाहीले भूकम्पको साक्षी बनेर इटालीबाट नेपालमा आइ काम गरेको भन्दै रोसेटोेलगायत उहाँका टिमलाई धन्यवाद दिनुभयो । मन्त्री शाहीले सैद्धान्तिक शिक्षालाई भन्दा व्यवहारीक शिक्षालाई विद्यालयले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयोे । रासस 

माथिको तश्विरमा:

धादिङको उत्तरी क्षेत्रका चार विद्यालय पुनःनिर्माणमा सहयोग गर्ने इटालीको गैरसरकारी संस्था ‘फ्रिउली मान्दी नेपाल नमस्ते’ नामक संस्थाका विदेशी पाहुना विद्यार्थीले स्वागत र सम्मान गरि गलाभरी माला लगाइदिँदा दङ्ग पर्दै । तस्बिर: अच्युत रेग्मी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ