२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

युरोकपको सेमिफाइनलमा आजराती स्पेन र फ्रान्स भिड्दै

२०८१, २५ असार मंगलवार ०६:३५

असार २५, विराटनगर । जारी युरोकपको सेमीफाइनलको पहिलो खेल आजराती हुदै छ । पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि शुरु हुदै छ ।

स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । स्पेनले जर्मनीलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै फ्रान्सले क्वाटरफाइनलमा पोर्चुगललाई पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले अपराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

स्पेन र फ्रान्सबीच अहिलेसम्म ३६ खेल भएका छन् । जसमा स्पेनले १६ पटक जितेको छ भने फ्रान्सले १३ पटक जितेकोछ । त्यस्तै दुवै बीचका ७ खेल बराबरीमा सकिएका छन् ।


युरोकपको अहिलेसम्मको यात्राको कुरा गर्दा स्पेनले अहिलेसम्म तीन पटक युरोकपको उपाधि जितेको छ । स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो । त्यस्तै स्पेन १९८४ मा उपविजेता बनेको थियो ।

फ्रान्सले अहिलेसम्म १९८४ र २००० गरी दुई पटक युरोकपको उपाधि जितेको छ भने २०१६ मा उपविजेता बनेको थियो । 

यस युरोकपको समग्र प्रदर्शनमा फ्रान्स भन्दा स्पेन अगाडी देखिएको छ । स्पेनका लागि प्लेमेकर पेड्रीको अभाव खड्किने छ । तर क्वाटरफाइनलमा  उनको स्थानमा आएका डानी ओल्मोको प्रदर्शनले  जर्मनीलाई पराजित गरेपछि स्पेनको आत्मविश्वास झन् बढेको छ ।

त्यस्तै फ्रान्सका लागि सबै भन्दा बढी चिन्ताको विषय कप्तान किलीयन एम्बाप्पेको प्रदर्शन हो । एम्बाप्पेले यस सिजनमा पेनाल्टीबाट एक गोल मात्र गरेका छन् । फ्रान्सले यस प्रतियोगितामा पोल्याण्डविरुद्धको सो गोल बाहेक अन्य अफिसियल गोल गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने