४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मुकुललाई पुनरावेदनका लागि ३५ दिनको समय, अहिले कार्यवाहकलाई नै निरन्तरता

२५ असार २०८१, मंगलवार ०७:३४

असार २५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्कालै नयाँ महामन्त्री चयन नगर्ने भएको छ । आज महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गर्ने निर्णय मात्रै भएको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

महामन्त्री बर्खास्त लगत्तै नयाँ महामन्त्री चयन गर्ने तयारी थियो । तर, बैठकमा केही केन्द्रीय सदस्यले कारबाहीमा पुनरावेदन गर्न सक्ने म्यादसम्म पर्खिने सुझाव दिएका थिए । रास्वपाको विधानमा कारबाहीमा पुरावेदनसम्बन्धी व्यवस्था छ । यसका लागि पुनरावेदन समिति बनाइएको छ ।


कति दिनसम्म पुनरावेदन गर्न पाउने भन्ने विधानमा व्यवस्था छैन । तर, आजको बैठकले ३५ दिन समय दिने निर्णय लिएको झाले बताए ।

‘उहाँले पुनरावेदन गर्नुभयो र यदि त्यसलाई स्वीकार गरियो भने त फेरि महामन्त्रीमा कमब्याक पनि त गर्न सक्नुहुन्छ, त्यसैले अहिले हतार नगरौँ भन्ने कुरा भयो,’ उनले भने ।

रास्वपा केन्द्रीय सदस्य सोभिता गौतमले न्याय निरूपण गर्ने सवालमा विधानलाई र नेपालको कानूनलाई अनुसरण गरेर अघि बढ्ने निर्णय गरिएको बताइन् ।

महामन्त्री चयन नगरिएपछि कार्यवाहकलाई नै निरन्तरता दिइएको छ । यसअघिको बैठकले कार्यवाहक महामन्त्रीमा कवीन्द्र बुर्लाकोटी र कार्यवाहक प्रवक्तामा मनिष झालाई तोकेको थियो । अर्को महामन्त्री र प्रवक्ता नबन्दासम्म उनीहरूले नै जिम्मेवारी सम्हाल्नेछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा रेमो डिसूजा, उनकी पत्नी सहित अन्य पाँच जनामाथि ठगीको उजुरी मलाई अदालतले न्याय दिनेछ: रवि लामिछाने रविलाई कास्की अदालतमा पुर्‍याइयो, पक्षमा ७ अधिवक्ताले बहस गर्ने रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरको ज्ञापनपत्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी ओमानका कप्तान अकिब ल्यास विराटनगर किङ्सबाट एनपीएल खेल्ने अन्तर्राष्ट्रिय फुटबलमा मेसीको अर्को नयाँ कीर्तिमान एकसय दिनमा परिणाम देखाउन नसकिने रहेछ : प्रकाशमान सिंह आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड सोमपाल नायक बन्दा सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो श्रृंखला नेपाल र अमेरिकाको रोमाञ्चक खेल सुपर ओभरमा लुका मोड्रिचले कीर्तिमान राखेको खेलमा रियलको जित अमेरिकाविरुद्ध नेपाललाई चौथो सफलता, करण केसीले लिए विकेट एनआरएनए’ भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन प्रचण्डको सुझाव आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?