९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मुकुलमाथि कारबाहीपछि रास्वपाका केन्द्रीय सदस्य गणेश ‘हर्षित’, रविलाई दिए बधाई

२५ असार २०८१, मंगलवार ०९:४८

असार २५, काठमाडौँ । पार्टी महामन्त्री मुकुल ढकाललाई पार्टीको साधारण सदस्य मात्र रहनेगरि कारबाही गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सभापति रवि लामिछाने मुकुल क्लबबाट निस्किएर पूर्ण स्वतन्त्र भएको धारणा सार्वजनिक गरेका छन्।

पार्टीले कारबाही गरे लगत्तै मुकुलले पार्टीलाई रवि क्लबबाट मुक्त गर्न सक्रिय रहने बताएका थिए। त्यसको काउन्टरमा कार्कीले लेखेका छन्’ मुकुल क्लबबाट निस्किएर पूर्णरुपमा स्वतन्त्र हुने बाटोमा लाग्नु भएकोमा बधाई छ, सभापतिज्यू!’

उनले पार्टीको आन्तरिक जीवनमा महामन्त्रीसँग सभापति नतमस्तक हुनुको कारण खोज्दा नभेटिने गरेको भन्दै विधान अनुसार स्वतन्त्र भएर महामन्त्रीलाई काम गर्न दिनु, त्यसको स्वामित्व लिनुको सही भए पनि महामन्त्रीप्रतिको असीमित लगावले त्यस्तो मात्र नदेखिएको लेखेका छन्।

‘सभापतिलाई सिक्रीमा बाँधिएको हात्ती जस्तो देखिन्थ्यो। पार्टीतिरको त्यो सिक्री आज टुटेको छ। बन्द कोठाको चुकुल खुलेको छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

कार्की रास्वपामा सहभागी भएदेखि नै मुकुलप्रति आलोचक रहने गरेका थिए। समानुपातिक सांसद चयनको क्रममा उनी र दीपक बोहोरामध्ये एक चयन हुनुपर्ने भन्दै उनले महिलाबाट चयन भएकोमा त्यही बेलामा असन्तुष्टि व्यक्त गर्दै मुकुलको निजी जीवनमाथि प्रहार गरेका थिए।

मुकुलले पार्टी सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाएपछि बदलिएको आन्तरिक समीकरणमा उनी निरन्तर सामाजिक सञ्जालबाट मुकुललाई प्रहार गरिरहेका थिए।

सरकारमा सहभागिता लगायतका विषयमा समेत सामाजिक सञ्जालबाट पार्टीको निर्णयको विपक्षमा उभिने कार्की पार्टी सभापति लामिछानेको दोहोरो नागरिकता, दोहोरो राहदानी अनि सहकारीको रकम अपचलनबारे भने मौन देखिने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा