2026-06-23 05:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कोपा सेमिफाइनलमा भोली बिहान उरुग्वे र कोलम्बिया भिड्दै

असार २६, काठमाडौँ । जारी कोपा अमेरिकाको दोस्रो सेमिफाइनलमा भोली बिहान उरुग्वे र कोलम्बियाबीच खेल हुदै छ । यो खेल नेपाली समय अनुसार भोलि बिहान ५: ४५ बजेदेखि शुरु हुदै छ ।

उरुग्वेले क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुट आउटमा ४-२ गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा पुगेको हो । त्यस्तै कोलम्बियाले क्वाटरफाइनलमा पानामालाई ५-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।


उरुग्वेले अहिलेसम्म १५ पटक कोपा अमेरिकाको उपाधि जितेर सबैभन्दा बढी पटक उपाधि जित्नेमा अर्जेन्टिनासँगै शिर्ष स्थानमा रहेको छ । उरुग्वे ६ पटक उपविजेता बनेको छ भने ९ पटक तेस्रो स्थान हासिल गरेको छ ।

त्यस्तै कोलम्बियाले भने अहिलेसम्म एक पटक मात्र कोपाको उपाधि जितेको छ । त्यस्तै कोलम्बिया एक पटक उपविजेता बनेको छ भने ५ पटक उपविजेता बनेको छ ।

उरुग्वे र कोलोम्बियाबीच अहिलेसम्म ४५ पटक खेल भएको छ । जसमा उरुग्वेले २० खेल जितेको छ भने कोलोम्बियाले १४ खेल जितेको छ । त्यस्तै ११ खेल बराबरी भएका छन् ।

जारी कोपा अमेरिका उरुग्वे र कोलोम्बियाले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उरुग्वेले ब्राजिल जस्तो उपाधि दाबेदार मानिएको टिमलाई पराजति गर्दै सेमिफाइनलमा पुगेको छ भने कोलोम्बियाले पनि अहिलेसम्म शानदार प्रदर्शन गरिरहेको छ ।

दुवैको अहिलेसम्मको प्रदर्शन हेर्दा यो खेल रोमान्चक हुने अनुमान गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपाद्वारा विधान संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने निर्णय