असार २६, काठमाडौँ । जनमत पार्टीले सचिवसहित ७ जनालाई निलम्बन गरेको छ ।
अनुशासन समितिको सिफारिस बमोजिम पार्टी केन्द्रीय समितिले सचिव वीपी साह, केन्द्रीय सदस्य रामेश्वर यादवलगायत ७ जनालाई तीन महिनाका लागि निलम्बन गरेको हो ।