२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पार्टीमा प्रचण्डको ब्रिफिङ: ओलीले झुट बोलेर धोका दिए

२०८१, २६ असार बुधबार १२:३८

असार २६, नेपालगन्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले झुटो बोलेर धोका दिएको ब्रिफिङ गरेका छन् ।

बुधबार बसेको पार्टीको संसदीय दलमा एमाले अध्यक्ष ओलीले असार १८ गतेसम्म पनि झुटो बोलेर धोका दिएको ब्रिफिङ गरेका हुन् ।


आफुले बामपन्थी एकता हुन्छ भने तत्काल राजीनामा दिएर ओलीलाई प्रधानमन्त्री बन्न अफर समेत गरेको बताउदै प्रचण्डले ओलीले उल्टो काँग्रेसलाई गाली गरेर ८४ सम्म सहकार्य गर्ने र पार्टी एकतासम्म गर्ने कुरा गरेको बताएका थिए ।

प्रचण्डले बैठकमा ओलीले 'स्वर्ग गएपनि सँगै जाने नर्क गएपनि सँगै जाने' भनेपछि आफु ढुक्क भएको बताउदै पछि काँग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोनमा कुरा गर्दा त्यसअघि नै सम्झौता भइसकेको थाहा भएको बताएका थिए ।

उनले ओलीलाई आफुले चिनेको भएपनि अहिलेसम्म धेरै हण्डर ठक्कर खाएकोले सुधार भएकी भनेर विश्वास गरेको तर अब सबै भ्रम टुटेको उल्लेख गरेका थिए ।

माओवादीको संसदीय दलको बैठकले असार २८ गते प्रधानमन्त्रीले लिने विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । त्यस्तै बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सबै दललाई अपिल गर्ने तथा प्रधानमन्त्रीले विश्वासको मत नपाएमा संबिधानको धारा ७६ को उपधारा ३ अनुसारको सरकार बन्ने निष्कर्ष निकालेको छ ।

    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा