2026-10-31 08:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मेसीको काखमा बच्चा यमलको भाइरल तस्विर कसरी खिचिएको थियो ?

असार २७, काठमाडौँ । लियोनेल मेसी र फुटबल जगतका नयाँ स्टार लामिन यमलको पुरानो तस्विरको सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।

सन् २००७ मा अर्जेन्टिनाका युवा स्टार फुटबलर लियोनल मेसी बार्सिलोना क्लबको क्याम्प नोउको ड्रेसिङ रुममा एउटा च्यारिटी क्यालेन्डर फोटोसुटका लागि एक बच्चासँग पोज दिएका थिए । त्यतिबेला मेसी २० वर्षका थिए । त्यो समय मेसी ‘अल टाइमको महान’ खेलाडी बन्ने बाटोको शुरुवाती चरणमा थिए । 

तर सायद त्यतिबेला फोटोग्राफरलाई मेसीको काखमा रहेको बच्चाले पनि एक दिन फुटबलको दुनियाँमा ख्याति कमाउनेछ भन्ने कल्पना थिएन । 

उक्त तस्बिरमा मेसीले स्पेनिस खेलाडी लामिन यामललाई काखमा राखेको देखिन्छ । आज करिब १६ वर्षपछि युरो च्याम्पियनसिपबाट यमल विश्व फुटबल जगतमा नयाँ सुपर स्टारको रुपमा उदाएका छन् । उनको उत्कृष्ट प्रदर्शनका कारण स्पेन युरोकपको फाइनलमा पुगेको छ ।

१६ वर्ष ३६२ दिनको उमेरमा यमल युरो कपको इतिहासमा सबैभन्दा कान्छो गोलकर्ता बनेका छन् । यमलका बुबाले मेसी र यमलको यो तस्विर इन्स्टाग्राममा सेयर गरेका छन् । उनले लेखेका छन्- ‘दुई महान् व्यक्तिको सुरुवात ।’  यी फोटोहरू एसोसिएटेड प्रेसका लागि स्वतन्त्र फोटोग्राफरको रूपमा काम गर्ने जोन मोनफोर्टले खिचेका हुन् ।

बालबालिकाका लागि काम गर्ने राष्ट्रसंघीय संस्था युनिसेफले स्पेनको मातारो सहरमा च्यारिटी लटरी आयोजना गरेको बेला यो फोटोसुट गरिएको उनले बताए । यमलको परिवार यहाँ बस्थे । 

मोनफोर्टका अनुसार, ‘यमलको परिवार क्याम्प नोउमा आयोजित च्यारिटी लटरीमा भाग लिइरहेको थियो जहाँ मैले मेसीसँग यमलको यो फोटो खिचेँको थिए ।’  फोटोग्राफर मोनफोर्टले यो असाइनमेन्ट सजिलो नभएको बताउँछन् किनभने ‘मेसी लजालु व्यक्ति हुन् ।’

उनी लकर कोठाबाट बाहिर निस्कदै थिए र संयोगवश अर्को लकर कोठामा पसे जहाँ प्लास्टिकको टब पानीले भरिएको थियो । त्यसमा एक बच्चा थियो । मेसीलाई बच्चालाई कसरी समात्ने भन्ने पनि थाहा थिएन ।’ 

यस अवसरका केही तस्विरहरू छन् जसमा मेसीसँगै यमलकी आमा पनि देखिएका छन् । मेसी जस्तै, यमलले पनि बार्सिलोना क्लबबाट फुटबल खेले, जहाँ उनी क्लबको सबैभन्दा कान्छो गोलकर्ता बने । उनी स्पेनिस लिगमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी पनि बनेका छन् ।

मोनफोर्टले भने, गत हप्ता तस्बिर भाइरल हुन थालेपछि मात्र उनले बच्चा यमल भएको थाहा पाए । उनले भने, ‘यस्तो सनसनी सृजना गरेको कुरासँग जोडिन पाउनु निकै रोमाञ्चक छ । साँच्चै भन्नुपर्दा यो एकदमै सुखद अनुभूति हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ